close

फेसबुकबाट जोडिएर महँगा सामान पठाइदिन्छु भन्दै १६ लाख ठगी गर्ने युवक पक्राउ

टेकपाना टेकपाना

जेठ २१, २०८१ १४:३८

फेसबुकबाट जोडिएर महँगा सामान पठाइदिन्छु भन्दै १६ लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौं । अनलाइन ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घर भई हाल काठमाडौं बस्दै आएका २१ वर्षीय वीरबल घर्ती मगर रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मगरलाई शुक्रबार बानेश्वरबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार आरोपित मगर सबैभन्दा पहिले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, भाइबर र ह्वाट्सएप लगायतका माध्यमबाट सर्वसाधारणसँग जोडिन्थे । त्यसपछि कुरा गर्दै गएर नजिक हुन्थे । र, आईफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना तथा डलर सहितको लगेज उपहार पठाइदिएको भन्दै आश्वासन दिन्थे ।

यसरी आश्वासन दिएपछि भन्सारमा सामान अड्किएको  र एन्टी मनी लाउन्डरिङमा चार्ज लाग्ने भन्दै रकम माग्थे । यसरी विभिन्न बहानामा उनले १६ लाख ६२ हजार रुपैयाँ बढी ठगी गरेको प्रहरीको भनाइ छ ।

उनीमाथि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा  कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८१ १४:३८