close

पाँच हजार सदस्य रहन सक्ने गरी मेसेन्जरमा ग्रुप च्याट फिचर ल्याउँदै मेटा

टेकपाना टेकपाना

जेठ २७, २०८१ १६:२२

पाँच हजार सदस्य रहन सक्ने गरी मेसेन्जरमा ग्रुप च्याट फिचर ल्याउँदै मेटा

काठमाडौं । धेरै जना सदस्य रहन सक्नेगरी मेटाले मेसेन्जरमा 'कम्युनिटिज्' फिचर उपलब्ध ल्याउने भएकाे छ । यससँगै फेसबुक ग्रुपमा नजोडिइकन ठूलो आकारको मेसेन्जर ग्रुपमा प्रयोगकर्ताहरू जोडिन सक्ने भएका छन् । 

यसले ठूला संस्था, विद्यालय तथा निजी समूहलाई सहयोग पुग्ने बताइएको छ । मेसेन्जरमा आएको यस फिचरले 'कम्युनिटिज्' मा जोडिन सम्बन्धित फेसबुक ग्रुपमा भएको हुनुपर्छ भन्ने बाध्यता हटाएको छ । यस प्रकारको ग्रुप च्याटमा एड्मिनले पाँच हजारसम्म प्रयोगकर्तालाई जोड्न सक्नेछन् । 

मेटाले यसै प्रकारको फिचर २०२२ मा नै ल्याएको थियो । त्यसअन्तर्गत कुनै पनि फेसबुक ग्रुपको एड्मिनले त्यहाँ जोडिएका सदस्यहरूका लागि च्याटरुम बनाउन सक्थे ।

ती च्याटरुममा जोडिएर उनीहरूले सो ग्रुपमा भएका अन्य प्रयोगकर्ताहरूसँग कुराकानी गर्न सक्थे । यो फिचरले ह्वाट्सएपमा भएको 'कम्प्युनिटिज्' सरह काम गर्ने छ ।

तर यी दुईबिच केही भिन्नता हुने मेटाले जनाएको छ । सामान्यतः यो फिचरले फेसबुक ग्रुपभन्दा भिन्न हुने र यसले 'सार्वजनिक कुराकानी'लाई बढावा दिने छ । 

मेटाका अनुसार मेसेन्जर 'कम्युनिटिज्' अहिले सबैका लागि उपलब्ध भइसकेको छैन । यसका साथै यसमा व्यक्तिगत मेसेजलाई लिएर विभिन्न तहको गोपनीयता हुनेछ । अहिले फेसबुक मेसेन्जर ग्रुपमा २५० सम्म सदस्यलाई जोड्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८१ १०:४५