close

६४ ओटा डेस्कटपबाट क्रिप्टो माइनिङ गरिरहेको अवस्थामा दुई जना पक्राउ

टेकपाना टेकपाना

जेठ ३२, २०८१ १६:४

६४ ओटा डेस्कटपबाट क्रिप्टो माइनिङ गरिरहेको अवस्थामा दुई जना पक्राउ

काठमाडौं । क्रिप्टो माइनिङ गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुरका ४० वर्षीय विश्वास गुरुङ र भक्तपुरका २५ वर्षीय राजेन्द्र ताहामता रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधवार सानोठिमी भक्तपुरबाट पक्राउ गरेको हो ।

सीआईबीका अनुसार सीटीईभीटी अन्तर्गतको ट्रेनिङ इन्स्टिच्युट फर टेक्निकल इन्स्ट्रक्सनको भवनमा रहेको आईटी ल्याबमा क्रिप्टो माइनिङ भइरहेको भन्ने सूचना ब्युराेलाई प्राप्त भएको थियो । त्यसैका आधारमा उक्त ल्याबमा रहेका कम्प्युटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ ओटा डेस्कटपबाट क्रिप्टो माइनिङ एप्लिकेसन सञ्चालन भइरहेको फेला परेको ब्युराेले जनाएकाे छ ।

पक्राउ परेका व्यक्तिहरूकाे सबै डेस्कटप र सर्भर बरामद गरिएको छ । उनीहरूमाथि मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट छ दिनको म्याद थप लिई अनुसन्धान कार्य भइरहेको सीआईबीले बताएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८१ १६:२६