close

कहाँ पुग्यो त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र डिजिटल स्कोर बोर्ड राख्ने कार्य ?

टेकपाना टेकपाना

असार ३, २०८१ ११:१२

लिओनार्दो एआईद्वारा तयार पारिएको प्रतिकात्मक तस्वीर लिओनार्दो एआईद्वारा तयार पारिएको प्रतिकात्मक तस्वीर

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफूले मन्त्रीको कार्यभार सम्हालेको एक सय दिनको अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । मन्त्री श्रेष्ठले आइतबार २१ ओटा बुँदामा आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन् । 

उनले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सम्भावना भएका खेललाई मध्यनजर गरी खेलकुद पूर्वाधार विकासका लागि मूलपानी क्रिकेट रङ्गशालाको डीपीआर तयार गरिएको र कीर्तिपुर क्रिकेट रङ्गशालामा डिजिटल स्कोर बोर्ड राख्ने सम्झौता भएको उल्लेख गरेका छन् । त्यस्तै खेल मैदानमा राखिने ‘फ्लड लाइट’ खरिद प्रक्रिया अगाडि बढाइएको समेत उनले बताएका छन् ।  

त्यसैगरी युवा तथा खेलकुदसँग सम्बन्धित सूचना तथा तथ्याङ्क प्राप्तिका लागि पोर्टल तयारीको नीतिगत र कार्यक्रमगत व्यवस्था गरिएको उनले जनाएका छन् । खेलकुदमा प्रविधि समावेश भएका यी दुई ओटा विषय छन् । अन्य उपलब्धि भने नीतिगत तथा सम्झौतासँग सम्बन्धित छन् ।

 

पछिल्लो अध्यावधिक: असार ३, २०८१ ११:१२