close

५.८५ लाख डाउन पेमेन्टमै ५०० किमि रेन्ज दिने आयोन वाई ईभी, सँगसँगै दुई लाख रुपैयाँ छुट

टेकपाना टेकपाना

असार ३, २०८१ १५:३६

५.८५ लाख डाउन पेमेन्टमै ५०० किमि रेन्ज दिने आयोन वाई ईभी, सँगसँगै दुई लाख रुपैयाँ छुट

काठमाडौं ।  नेपालमा बिक्री हुँदै आएको चिनियाँ ईभी ब्राण्ड ‘जीएसी मोटर्स’ को विद्युतीय कार आयोन वाई मोडेल पाँच लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्टमै खरिद गर्न सकिने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले यो ईभीमा सीमित समयका लागि १० प्रतिशत डाउनपेमेन्टमै गाडी खरिद गर्न सकिने अफर ल्याएको हो । 

५८ लाख ५० हजार मूल्य भएको यो गाडीलाई १० प्रतिशत अर्थात् पाँच लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सकिन्छ । त्यसबाहेक कम्पनीले थप दुई लाख रुपैयाँ छुट समेत उपलब्ध गराउने जनाएको छ । त्यस्तै गाडी एक्सचेन्ज गर्दा दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज टपअपको सुविधा पनि पाइने उल्लेख छ । 

कम्पनीले गाडी खरिदमा एक वर्षको बीमा र एक वर्षको सडक कर छुटको सुविधा समेत दिएको छ । त्यस्तै यो गाडी खरिद गर्दा सात किलोवाट क्षमताको होम चार्जर र दुई किलोवाटको ट्राभल चार्जर समेत पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर जुन अन्तिमसम्म चल्नेछ । 

कस्तो छ आयोन वाई ?

अधिकतम ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको यो गाडीमा ६१.५४ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री रहेको छ ।

त्यस्तै यसमा १०० किलोवाटको अधिकतम पावर दिने तथा २२५ एनएम पिक टर्क उत्पादन गर्ने मोटर रहेको छ । यो गाडीलाई ७.९ सेकेन्डमा शून्यदेखि १०० किमि प्रति घण्टाको बेगमा लैजान सकिने कम्पनीले जनाएको छ । 

यसको लम्बाइ ४५३५ एमएम, चौडाइ १६७० एमएम र उचाइ १६५० एमएम रहेको छ । यसमा ह्विलबेस २७५० एमएम र ग्राउन्ड क्लियरेन्स १८३ एमएम रहेको छ ।

युवा तथा प्राविधिक ज्ञान भएका उपभोक्ताहरूलाई लक्षित गर्दै ल्याइएको यो गाडीमा पानोरामिक सनरुफ, १४.६ इन्चकाे टच स्क्रिन डिस्प्ले, ३६० एचडी भ्यु क्यामेरा सिस्टम, एडभान्स्ड ड्राइभर-असिस्टेन्स सिस्टम (एडीएएस) लगायतका फिचर रहेका छन् ।

पछिल्लो अध्यावधिक: असार ३, २०८१ १५:३८