close

यही साता सार्वजनिक हुँदै एसईईको नतिजा, केके छन् थाहा पाउने तरिका ?

टेकपाना टेकपाना

असार १०, २०८१ १३:०

यही साता सार्वजनिक हुँदै एसईईको नतिजा, केके छन् थाहा पाउने तरिका ?

 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय २०८० मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गर्ने तयारीमा छ । यसै हप्ता सार्वजनिक गर्ने तयारी भइरहेको नतिजा हेर्नका लागि कार्यालयले विभिन्न विकल्पहरू सार्वजनिक गरेको छ ।

एक सूचना प्रकाशित गर्दै बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआरका विकल्प उपलब्ध गराएको हो । कार्यालयका एक अधिकारीले तीन चार दिनमा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बताए ।

कार्यालयका अनुसार छुट्टाछुट्टै वेबसाइट, एसएमएस र आईभीआरबाट २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षको नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । बोर्डले एसईईको नतिजा प्रकाशनका लागि निम्न प्रकारका शर्टकोड, वेबसाइट र आईभीआरको व्यवस्था गरेको छ । 

पछिल्लो अध्यावधिक: असार १०, २०८१ १३:०