close

सार्वजनिक भयो मोबाइल फोनमाथि केन्द्रित कार्टुन्ज क्रुको वेब सिरिज

टेकपाना टेकपाना

असार १०, २०८१ १४:४

सार्वजनिक भयो मोबाइल फोनमाथि केन्द्रित कार्टुन्ज क्रुको वेब सिरिज

काठमाडौं । चर्चित नृत्य समूह कार्टुन्ज क्रुले आफ्नो वेब सिरिज 'स्वस्थानी भर्सेस ग्याङ्स' को पहिलो भाग सार्वजनिक गरेको छ । कार्टुन्ज क्रुले आफ्नै युट्युब च्यानलमार्फत शनिबार वेब सिरिजको पहिलो भाग सार्वजनिक गरेको हो । 

सरोज अधिकारीको निर्देशनमा बनेको यो सिरिज दश भागमा प्रसारण हुने बताइएको छ । सिरिजको विषयवस्तु मोबाइल फोन रहेको छ । सिरिजमा सोही रहस्यमयी मोबाइल फोन प्राप्त गर्न गरिएका घटनाहरूलाई देखाइएको कार्यकारी निर्माता विजय अधिकारी ‘बन्नी’ ले बताए । 

उनका अनुसार सो सिरिज प्रत्येक दुई हप्ताको अन्तरालमा युट्युबमा आउने छ । सिरिजमा करिब २० जना जति कलाकार रहेका छन् । जसमा स्वस्थानीको भूमिका आश्मा विश्वकर्मा, सरोज अधिकारी, प्रताप दास, लक्ष्मी गिरी, विजय अधिकारी, जिवेशसिंह गुरुङ, अभिप्सा खनाल, अस्मिता खनाल, रोसनी कार्की लगायतका कलाकारको अभिनय छ । सिरिज सरोज अधिकारी र सागर खनालले मिलेर निर्माण गरेका हुन् ।

 

पछिल्लो अध्यावधिक: असार १०, २०८१ १४:५