close

एनआईसी एसिया बैंकले सुरु गर्‍यो मास्टर कार्डको सेवा

टेकपाना टेकपाना

असार १७, २०८१ १३:१३

एनआईसी एसिया बैंकले सुरु गर्‍यो मास्टर कार्डको सेवा

काठमाडौं । एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टर कार्ड सेवा सञ्चालनमा ल्याएको छ । आइतबार पोखरामा एक कार्यक्रम गर्दै बैंकले मास्टर कार्ड सेवा सुरु गरेको हो ।

यससँगै डेबिट कार्डको रूपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट सेवाग्राहीले प्राप्त गर्न सक्ने भएका छन् । यस बाहेक मास्टर कार्डको छुट्‍टै डलर कार्ड समेत उपलब्ध गराउन सकिने बैंकले बताएको छ । 

बैंकका अनुसार यस कार्डमा अत्याधुनिक सुरक्षा प्रविधि (ईएमभी चीप)  तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत सेवाग्राहीले नेपाल, भारत र भुटानबाट एटीएम, पीओएस र ई-कमर्सको भुक्तानी लगायतका सुविधा प्रयोग गर्न सक्ने छन् । मास्टर कार्ड लिने ग्राहकका लागि पहिलो वर्ष निःशुल्क गरिएको छ ।

नयाँ सेवाको रूपमा मास्टर कार्ड सुरु गरे पनि सँगसँगै भिजा कार्डलाई समेत निरन्तरता दिइने बैंकले जनाएको छ । हाल मुलुकभर बैंकको ३६० शाखा कार्यालय, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर र ५१ वटा शाखा रहित शाखा सञ्जाल रहेको छ ।

 

पछिल्लो अध्यावधिक: असार १७, २०८१ १३:१५