काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी अनरको एआई पोट्रेट मास्टर भनेर चिनिने अनर २०० मोडेलको स्मार्टफोन यसै महिना नेपाल आउने भएको छ । नेपालका लागि कम्पनीको आधिकारिक वितरक सेल्ट्रोन नेपालले उक्त फोन नेपाल भित्र्याउन लागेको हो ।
यो सिरिजमा अनर २०० र अनर २०० प्रो गरी दुई ओटा मोडेल रहेका छन् । एआई फिचर तथा सुविधा अपग्रेड भएर आउने यी फोनलाई द एआई पोट्रेट मास्टरको ट्यागलाइन दिइएको छ । अनर २०० सिरिजले हार्कोट स्टुडिओ नामक सबैभन्दा महँगो स्टुडिओसँग सहकार्य गरेको छ, जसले फोनबाटै प्रिमियम पोट्रेट शुटको अनुभव दिने दाबी गरिएको छ ।
यो स्टुडिओमा एउटा फोटो शुट गर्न दुई हजार युरो लाग्ने बताइन्छ । अनरको नयाँ फोनमा टेलिफोटो क्यामेराका साथै स्न्यापड्रागन चिप समावेश छ । हार्कोट स्टुडिओसँगको सहकार्यमा अनरले तीन ओटा हार्कोट पोट्रेट मोड उपलब्ध गराएको छ, जसले उत्कृष्ट एआई पोट्रेट प्रदान गर्ने बताइएको छ । अनर २०० सिरिजमा ५० मेगापिक्सेलको मुख्य पोट्रेट क्यामेरा छ ।
जुन विकसित हार्डवेयर र एआईमा आधारित सफ्टवेयरले सुसज्जित रहेको छ । जसले जस्तोसुकै प्रकाशको अवस्थामा पनि आकर्षक तस्विर खिच्न सक्ने दाबी कम्पनीले गरेको छ । सुपर डायनामिक एच ९०० सेन्सर र फोर-इन-वन पिक्सेल बिनिङ प्रविधिले गर्दा कम प्रकाशमा पनि विस्तृत विवरण सहितको फोटो निस्किने बताइएको छ ।
यस बाहेक फोनमा सोनी सेन्सर रहेको ५० मेगापिक्सेलकै पोट्रेट टेलिफोटो क्यामेरा र अगाडि भागमा ५० मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । अनर २०० र २०० प्रो मा ५२०० एमएएच क्षमताको सिलिकन कार्बन ब्याट्री राखिएको छ । एक पल्ट चार्ज गर्दा यो फोनमा ६१ घन्टासम्म निरन्तर म्युजिक सुन्न सकिने बताइएको छ ।
दुबै मोडेलमा १०० वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ भने अनर २०० प्रोमा ६६ वाटको वायरलेस चार्जिङ सपोर्ट पनि रहेको छ । स्न्यापड्रागन ८ एस जेन ३ प्रोसेसर रहेकाले अनर २०० प्रोमा सिमलेस ग्राफिक्स रेन्डरिङ र रियल टाइम रेस्पोन्सको अपेक्षा गर्न सकिन्छ ।
तीन गिगाहर्ज सम्मको सीपीयू रहेको यो न स्न्यापड्रागन ८ एस जेन ३ प्रोसेसरमा चल्ने नेपालकै पहिलो फोन हुने दाबी कम्पनीको छ । जुन १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा आउनेछ । अनर २०० मा भने स्न्यापड्रागन ७ जेन ३ प्रोसेसर राखिएको छ ।
यो फोन चाहिं १२ जीबी र्यामसँगै २५६ र ५१२ जीबी गरी दुई भेरियन्टमा आउनेछ । फाइभजी कनेक्टिभिटी सुविधा रहेका यी दुवै फोन एन्ड्रोइड १४ मा आधारित म्याजिक ओएस ८.० मा चल्छन् । अनर २०० सिरिजमा ३८४० हर्जको जोखिम मुक्त डिमिङ, टीयूभी रेनल्यान्ड सर्टिफिकेसन, नेचुरल टोन २.० र एआई सर्क्याडियन नाइट डिस्प्ले जस्ता फिचर पनि छन् ।
यसको १.५ क्वाड कर्भ्ड फ्लोटिङ डिस्प्लेले ४००० निट्सको उच्चतम उज्यालो दिने बताइएको छ । जसले सूर्यको प्रत्यक्ष प्रकाशमा पनि स्पष्ट देखिने कुरा सुनिश्चित गर्छ । यो फोनको म्याजिक ओएस ८.० ले म्याजिक पोर्टल, म्याजिक क्याप्सुल र म्याजिक रिङ जस्ता फ्ल्यागशिप फिचरमा पहुँच दिन्छ । जसले प्रयोगकर्ताको डिजिटल अन्तरक्रियालाई थप व्यवस्थित तुल्याउँछ ।
यो नयाँ सिरिजमा ओआईएस र स्टेरियो स्पिकर सपोर्ट समेत नयाँ फिचरको रूपमा समावेश छन् । अनर २०० प्रो ओसन सायन र ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध हुनेछ भने अनर २०० चाहिं मुनलाइट ह्वाइट र ब्ल्याकमा आउनेछ । यकिन मिति निश्चित नभए पनि जुलाई दोस्रो सातासम्म यो फोन सार्वजनिक हुने अपेक्षा गरिएको छ । त्यससँगै यसको मूल्य र प्रि-बुकिङ अफर समेत आउने नै छ । त्यस पश्चात् अफलाइन रिटेल स्टोरका साथै दराज र हुकुट जस्ता अनलाइन माध्यममा पनि यो सिरिजका फोन खरिद गर्न सकिनेछ ।
अन्तर्राष्ट्रिय बजारमा अनर २०० को मूल्य करिब ८७ हजार रुपैयाँ र अनर २०० प्रोको मूल्य एक लाख १६ हजार रुपैयाँ रहेको छ ।