काठमाडौं । काठमाडौं विश्वविद्यालयले शैक्षिक सत्र २०२४ का लागि स्नातक तहमा कम्प्युटर र एआईको विषयमा भर्ना खुलाएको छ । विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङले बिहीबार एक सूचना जारी गर्दै कम्प्युटर र एआई सहित विभिन्न इन्जिनियरिङ विषयमा भर्ना खोलेको हो ।
स्कुल अफ इन्जिनियरिङमा यस सहित अन्य विषयमा भर्ना हुन इच्छुक विद्यार्थीले प्लसटुमा कम्तीमा ५० प्रतिशत अथवा २.० सीजीपीए ल्याएको हुनु पर्नेछ । तर उनीहरूले फिजिक्स, केमेस्ट्री र म्याथम्याटिक्स (पीसीएम) अथवा फिजिक्स, केमेस्ट्री, बायोलोजी (पीसीबी) विषय अनिवार्य रूपमा पढेको हुनु पर्ने छ ।
यसका साथै भर्ना हुन विश्वविद्यालयले लिने लिखित प्रवेश परीक्षामा विद्यार्थी उत्तीर्ण हुनु पर्नेछ । कम्प्युटर इन्जिनियरिङमा ६० र एआईमा ३० विद्यार्थी सिट सङ्ख्या रहेको छ । भने यी दुवै कोर्सको शुल्क समान ९ लाख १५ हजार रुपैयाँ रहेको छ ।
इच्छुक विद्यार्थीले २४ साउनभित्रमा आवेदन दिइ सक्नु पर्नेछ । यी विषयको बारेमा थप जानकारी लिन तथा अनलाइन आवेदन दिन यहाँ अथवा यहाँ क्लिक गर्न सक्नु हुन्छ ।