काठमाडौं । आजदेखि श्रीलङ्कामा सुरु हुने महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल समेत सहभागी हुँदैछ । नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुने उद्घाटन खेलमा नेपाल र यूएई भिड्दैछन् ।
यो क्रिकेट प्रतियोगिताको लाइभ कहाँ कसरी हेर्ने भन्ने दुविधामा हुनुहुन्छ भने यहाँ त्यसका लागि उपलब्ध विकल्पहरूको बारेमा बताउँदै छौं:
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने यो प्रतियोगिता काउन्सिलकै युट्युब च्यानलमा लाइभ आउँदैछ । युट्युबमा लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यदि भारतमा हुनुहुन्छ भने तपाईंले डिज्नी प्लस हट स्टारमा हेर्न सक्नु हुनेछ ।