close

सामाजिक सञ्जालमा 'ट्रोल' बने यूएईका क्रिकेटर रोहन मुस्तफा

टेकपाना टेकपाना

बैशाख १९, २०८० १६:४६

सामाजिक सञ्जालमा 'ट्रोल' बने यूएईका क्रिकेटर रोहन मुस्तफा

काठमाडौं । यूएई क्रिकेट टिमका अलराउण्डर रोहन मुस्तफा अहिले सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन् । मङ्गलबार कीर्तिपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न एसीसी प्रिमियर कपमा नेपालको पहिलो विकेट लिएपछि मुस्तफाले गरेको सेलिब्रेसनको तस्वीरलाई लिएर नेपाली फ्यानहरूले उनीमाथि अनेक ट्रोल बनाएर रमाइलो गर्न थालेका हुन् ।

May be an image of 2 people, people playing soccer, people playing football and text that says 'KT PRENER PHEME LIVE ad 1.1 NPL 1-0 TARGET 118 BHURTEL 17 AASIF 00 MUSTAFA ACC MEN'S PREMIER CUP 2023 0-00.1 0-0'

May be an image of 1 person, aircraft and text

May be an image of 2 people, bicycle, street and text

May be an image of 7 people

May be an image of 7 people, people playing soccer and television

May be an image of 1 person and text

 

 

मङ्गलबारको फाइनल खेलमा दोस्रो ओभर बलिङ गर्न आएका मुस्तफाले आफ्नो दोस्रो बलमै  नेपाली ओपनर ब्याट्सम्यान कुशल भुर्तेलको विकेट लिएका थिए । नेपाली टोलीले एक रन मात्र बनाएको अवस्थामा पहिलो विकेट लिएपछि मुस्तफाले मैदानमा सुतेर सेलिब्रेट गरेका थिए । 

११८ रनको लक्ष्य पछ्याएको नेपालले यूएई माथि सात विकेटको जित हात पारेको थियो । जितसँगै नेपालले २ सेप्टेम्बरदेखि सुरु हुने एसिया कपमा स्थान बनाएको छ । पहिलो पटक एसिया कप क्रिकेटका लागि छनौट भएको नेपाली क्रिकेट टिम तथा समर्थक भारत र पाकिस्तानसँग हुने खेलहरूका लागि व्यग्र प्रतीक्षारत छन् । 

ट्रोलको रुपमा मुस्तफाको फोटो काटेर इमिरेट्स एयरलाइन्समाथि, बसको ढोका, ओछ्यान आदि जस्ता ठाउँमा राखेर सामाजिक सञ्जालमा शेयर भइरहेको छ । त्यसो त मुस्तफा नेपाली क्रिकेट फ्यान माझ पछिल्लो केही समयदेखि चर्चाको पात्र बन्दै आएका छन् । 

विश्वकप क्रिकेट लिग २ का क्रममा नेपाली बलर सन्दीप लामिछानेसँगको विवादपछि नेपाली क्रिकेट समर्थक सामाजिक सञ्जालमा मुस्तफामाथि खनिएका थिए । उक्त विषयलाई लिएर उनले इन्स्टाग्राममा पोस्ट समेत गरेका थिए । 

यति मात्र होइन, लिग २ का क्रममा नेपाली समर्थकले 'दश रुपैयाँका पेप्सी, मुस्तफा भाइ सेक्सी' भन्दै उनीसँग जिस्किएको भिडिओ समेत सामाजिक सञ्जालमा चर्चित छ । उनी आफैँले समेत उक्त सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा नेपाली फ्यानहरूसँग जोडिएका मुस्तफाले नेपाली गीतहरूमा टिकटक समेत बनाउन थालेका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० १७:१६