close

आईटी, इन्जिनियरिङ र विज्ञान प्रविधि पढ्न भन्दै एक वर्षमा साढे १५ हजार विद्यार्थीले छोडे देश

टेकपाना टेकपाना

साउन ८, २०८१ १५:४९

आईटी, इन्जिनियरिङ र विज्ञान प्रविधि पढ्न भन्दै एक वर्षमा साढे १५ हजार विद्यार्थीले छोडे देश

काठमाडौं । एक वर्षको दौरानमा आईटी, इन्जिनियरिङ, विज्ञान प्रविधि जस्ता विषय पढ्न साढे १५ हजार बढी नेपाली विद्यार्थी विदेशिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार यी विद्यार्थीहरूले विभिन्न देशमा अध्ययनका लागि एनओसी लिएका हुन् । 

एनओसी शाखाका अनुसार २०८० सालको साउन १ गतेदेखि २०८१ सालको असार ३१ गतेसम्म विभिन्न ९४ विषयमा अध्ययन गर्न कुल एक लाख १२ हजार २६९ विद्यार्थीले देश छाडेका छन्,  यसमध्ये आईटी विषय पढ्न पाँच हजार ९११ विद्यार्थीले देश छाडेका छन् ।

त्यसैगरी विज्ञान अध्ययन गर्न पाँच हजार ३८४, कम्प्युटर साइन्स अध्ययन गर्न चार हजार ९९२, इन्जिनियरिङ अध्ययन गर्न चार हजार ४२६ विद्यार्थी र साइन्स एन्ड टेक्नोलोजी अध्ययन गर्न चार हजार १०२ विद्यार्थी विदेशिएका छन् । 

यसैगरी, कम्प्युटिङ अध्ययन गर्न १९३, अप्लाइड साइन्स एन्ड टेक्नोलोजी र साइन्स एन्ड इन्जिनियरिङ अध्ययन गर्न एक/एक, र इन्जिनियरिङ एन्ड कम्प्युटिङका लागि दुई विद्यार्थी विदेश पुगेका छन् ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८१ १५:४९