close

प्रधानमन्त्रीको आईटी विज्ञमा अस्गर अली नियुक्त

टेकपाना टेकपाना

साउन १३, २०८१ १६:२

प्रधानमन्त्रीको आईटी विज्ञमा अस्गर अली नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञमा असगर अली नियुक्त भएका छन् । ओलीले आफ्नो अघिल्लो कार्यकालमा समेत आईटी विज्ञका रूपमा काम गरेका अलीलाई पुनः निरन्तरता दिएका हुन् । 

अवैतनिक अर्थात् सेवा सुविधा नलिने गरी सचिवस्तरको आईटी विज्ञ पदमा अली नियुक्त भएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।​ उनका अनुसार अलीले एक सातादेखि नै प्रधानमन्त्रीको विज्ञका रूपमा काम थालेका छन् ।

टेकपानासँग संक्षिप्त कुरा गर्दै अलीले प्रधानमन्त्रीको प्राथमिकता अनुसार सूचना प्रविधि क्षेत्रमा काम गर्न आफूले सम्पूर्ण प्रयास गर्ने बताए । "प्रधानमन्त्री ज्यूको प्राथमिकतामा सम्भव भएसम्मका सबै सरकारी सेवाहरू मोबाइल एपमै दिएर सुशासनको प्रत्याभूति दिने प्रयास मेरो हुनेछ," उनले भने ।

अघिल्लो पटक आईटी विज्ञ हुँदा अलीले प्रधानमन्त्रीको ‘डिजिटल नेपाल’ अभियान अन्तर्गत नागरिक एपको विकास, सरकारी सेवाको डिजिटलाइजेसन लगायत सरकारका विभिन्न सूचना प्रविधि परियोजनाहरूमा समन्वय गरेका थिए ।

पछिल्लो अध्यावधिक: साउन १३, २०८१ १६:३५