close

१०० जनाले टीभीएस एन्टर्क स्कुटर पाउने प्रतियोगिता आयोजना गर्दै टिकटक जस्तै नेपाली एप पोस्टाम

टेकपाना टेकपाना

साउन २८, २०८१ १३:२१

१०० जनाले टीभीएस एन्टर्क स्कुटर पाउने प्रतियोगिता आयोजना गर्दै टिकटक जस्तै नेपाली एप पोस्टाम

काठमाडौं । जगदम्बा मोटर्सले नेपाली सामाजिक सञ्जाल एप पोस्टामसँगको सहकार्यमा कन्टेन्ट क्रियटरहरूबिच प्रतिस्पर्धा गराउने भएको छ । कम्पनीले १०० ओटा विजेतालाई एक एक ओटा एन्टर्क स्कुटर पुरस्कार सहित यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपालभरका कन्टेन्ट क्रियटरहरूलाई आफ्नो कला देखाउँदै पुरस्कार जित्ने मौका उपलब्ध गराउने उद्देश्यका साथ यस्तो प्रतियोगिता गर्न लागिएको आयोजकहरूले जनाएका छन् । यो प्रतियोगिता पोस्टाम प्लेटफर्ममा हुनेछ ।

अन्य सामाजिक सञ्जालभन्दा भिन्न रहेको यो प्लेटफर्ममार्फत् प्रयोगकर्ताले आपसमा कनेक्ट हुनुका साथै सूचना आदान प्रदान गर्न र आफ्नो कन्टेन्टलाई मनिटाइज गरी आम्दानी समेत गर्न सक्ने बताइएको छ ।

पोस्टामका सीईओ तथा सहसंस्थापक रोनिश दाहालले यो प्रतियोगिता कन्टेन्ट क्रियटरहरूलाई आफ्नो करियमा स्थापत हुन मद्दत गर्ने विश्वास व्यक्त गरे । "अहिले हामीले यो प्रतियोगिताको घोषणा मात्रै गरेका हौं," उनले भने, "अबको दुई हप्ता जतिमा प्रतियोगिताको आवेदन खुला हुनेछ । दुई महिनासम्म सञ्चालन हुने यो प्रतियोगितामा सहभागी हुन पोस्टाम एप डाउनलोड गरी आफ्नो प्रोफाइल बनाउनु पर्ने हुन्छ ।"

आवेदन खुला गर्दा कन्टेन्टको थिमसहित प्रतियोगितामा सहभागी हुने नियमबारे जानकारी गराइने उल्लेख छ ।

झट्ट हेर्दा टिकटक जस्तै लाग्ने यो एपमा गिग नामक मनिटाइज टुल समेत रहेको छ । १५ भन्दा बढी ओरिजिनल कन्टेन्ट भएका प्रयोगकर्ताले फाराम भरेर भेरिफिकेसनका लागि प्रक्रिया अगाडि बढाउनु पर्ने हुन्छ । एउटा प्रयोगकर्ताको एउटा मात्रै भेरिफाइड प्रोफाइल बनाउन सकिने यो प्लेटफर्ममा फ्रिल्यान्सिङ तथा एफिलियट मार्केटिङ लगायतका अवसर प्राप्त गर्न सकिने दाहालको भनाई छ ।

पोस्टाम (Postaam) एप गुगल प्ले स्टोर र एप्पल आईओएस एप स्टोर दुवैमा उपलब्ध छ । यो एप डाउनलोड गर्न प्ले स्टोरका लागि यहाँ र आईओएस एप स्टोरका लागि यहाँ क्लिक गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: साउन २९, २०८१ १५:१५