close

नबिल ब्याङ्कबाट नमस्ते पे वालेटमा रकम लोड राख्दा स्मार्टवाच र इयरबड्स जित्न सकिने

टेकपाना टेकपाना

भदौ ७, २०८१ १६:२

नबिल ब्याङ्कबाट नमस्ते पे वालेटमा रकम लोड राख्दा स्मार्टवाच र इयरबड्स जित्न सकिने

काठमाडौं । मोबाइल वालेट नमस्ते पेले नबिल ब्याङ्कको मोबाइल ब्याङ्किङ एपमार्फत अकाउन्टमा ब्यालेन्स लोड गर्दा स्मार्टवाच र इयरबड्स जित्ने अफर ल्याएको छ । यस अफरअन्तर्गत एक भाग्यशाली विजेताले स्मार्टवाच जित्नेछन् भने दुई जनाले इयरबड्स जित्न सक्नेछन् ।

अफरमा सहभागी हुन प्रयोगकर्ताले नबिल बैंकको मोबाइल ब्याङ्किङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरेको हुनुपर्छ । यसमा बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफरबाहेक कुनै पनि सेवाको कम्तीमा एक पटक भुक्तानी गरेको हुनुपर्छ ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा नमस्ते पे सुरू गरेको हो । हाल यस सेवामार्फत अनलाइनसँगै अफलाइन सेवाहरू पनि उपलब्ध छन् ।

प्रयोगकर्ताले *५००# डायल गरेर रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, र व्यापारी भुक्तानी जस्ता अफलाइन सुविधाहरूको लाभ उठाउन सक्छन् । साथै, नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले यूएसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

यो अफर ७ भदौदेखि २१ भदौसम्म मान्य हुनेछ ।

पछिल्लो अध्यावधिक: भदौ ७, २०८१ १६:२