काठमाडौं । आज नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो शृङ्खलाको पहिलो खेल क्यानडासँग खेल्दै छ । सो खेल नेपाली समयअनुसार बेलुका पाैने ८ बजेदेखि क्यानडाकाे किङ्ग्स सिटी ओरान्टियोमा सुरु हुनेछ ।
नेपालमा यस खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले देखाउँदै छ । जसअनुसार तपाईंंले माेबाइल एप र वेबसाइट दुवै माध्यमबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुने छ । टेलिभिजनमा कान्तिपुर म्याक्स र कान्तिपुर टिभी एचडीमा यसको लाइभ हेर्न सकिनेछ । यस बाहेक यहाँ क्लिक गरेर तपाईंले कान्तिपुर टेलिभिजनको वेबसाइटबाट पनि खेल हेर्न सक्नुहुन्छ ।
त्यस्तै मोबाइल एपबाट खेलको लाइभ हेर्न कान्तिपुर टेलिभिजनको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईंले यो खेल कान्तिपुर टेलिभिजनको युट्युब च्यानल मार्फत पनि हेर्न सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् । जहाँ तपाईंले साढे छ बजेबाट खेलको विश्लेषण पनि हेर्न सक्नु हुनेछ ।