close

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालको एक्स अकाउन्ट भारतमा प्रतिबन्धित !

टेकपाना टेकपाना

भदौ ३१, २०८१ १७:३२

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालको एक्स अकाउन्ट भारतमा प्रतिबन्धित !

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता तथा ग्रेटर नेपाल नेसनलिस्ट फ्रन्टका अध्यक्ष फणिन्द्र नेपालले भारत सरकारको अनुरोधमा आफ्नो एक्स अकाउन्टमाथि भारतमा प्रतिबन्ध लागेको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेपालले एक्स (ट्वीटर)बाट प्राप्त ईमेलको स्क्रनशट समेत राख्दै सोको जानकारी दिएका हुन् ।

"इन्डियाली सरकारले एक्सलाई मेरो अकाउन्ट @phanindranepal हटाउन भनि दबाब दिएको कुरा एक्सले मलाई पठाएको ईमेलमा भनिएको छ," उनले भनेका छन्, "यस सन्दर्भमा म इन्डियाली सरकारलाई ममाथि कारबाही गर्न मेरो देशको परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रूपमा आउन आग्रह गर्दछु ।" नेपालले शेयर गरेको स्क्रिनशटमा ट्रान्सपरेन्सी अन्तर्गत भारत सरकारको तर्फबाट उनको एक्स अकाउन्ट हटाउन कानुनी माग भई आएको उल्लेख छ ।

जसले भारतको सूचना प्रविधि ऐन २००० उलङ्घन गरेको भनिएको छ । संसारको सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुकको सरकार खनिएर आफ्नो आवाज दबाउन खोजेको भन्दै उनले अर्को पोस्ट समेत लेखेका छन् । "म मेरो सरकारलाई भन्न चाहन्छु, ममाथिको प्रहार देशविरुद्ध पनि हो," उनले अगाडि भनेका छन् । उनी सुगौली सन्धी अघिको नेपाली भूभाग भारतबाट फिर्ता हुनुपर्ने लगायतका माग राख्दै अभियान सञ्चालन गर्दै आएका छन् ।   

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८१ १७:३५