close

साइबर अपराधको कसुरमा दुर्गा प्रसाईं पक्राउ

टेकपाना टेकपाना

असोज ६, २०८१ १६:४३

साइबर अपराधको कसुरमा दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई आइतवार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ स्थित निवासबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

घरको गेट नै नखोलेपछि कम्पाउन्ड नाघेर भित्र प्रवेश गरी उनलाई नियन्त्रणमा लिइएको अवस्थीले बताए ।

प्रसाईंले साइबर अपराधसम्बन्धी कसुर गरेको भन्दै साइबर ब्युरोमा एक महिलाले उजुरी दिएकी थिइन् । यसपछि काठमाडौं जिल्ला अदालतले गत बुधबार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम प्रसाईंसँगै युट्युबरहरू जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज ६, २०८१ १७:१४