close

दुर्गा प्रसाईं पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने

टेकपाना टेकपाना

मंसिर ४, २०८१ १३:०

दुर्गा प्रसाईं पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध झुटा आरोप लगाएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । 

सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले मङ्गलबार मध्यान्ह १२ बजेतिर प्रसाईंलाई उनकै निवास भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए । “उनलाई पक्राउ गरी कार्यालयमा ल्याउँदैछौं,” प्रहरी उपरीक्षक बोगटीले टेकपानासँग भने, “साइबर अपराधको कसुरमा अनुसन्धान हुनेछ ।”

प्रधानमन्त्री ओलीले कम्बोडियाको दूरसञ्चार कम्पनीमा ३२ अर्ब लगानी गरेको भन्दै सोमबार प्रसाईंले फेसबुकमार्फत विभिन्न कागजात सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालका विभिन्न माध्यममा अहिले ती कागजातका स्क्रिनशट र भिडिओ भाइरल छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८१ १५:२८