close

फोनपेबाट टिकेट काट्दा भाग्यमानीलाई १ वर्षसम्म सित्तैमा हवाइजहाज चढ्ने मौका

टेकपाना टेकपाना

असोज ७, २०८१ १९:५२

फोनपेबाट टिकेट काट्दा भाग्यमानीलाई १ वर्षसम्म सित्तैमा हवाइजहाज चढ्ने मौका

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) कम्पनीको रूपमा रहेको फोनपेले 'सुपर यात्रा' अभियानको घोषणा गरेको छ । कम्पनीले आकर्षक क्याशब्याक र गिफ्टहरूको साथ यस्तो अभियान सुरु गरेको हो ।

नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्कको रूपमा रहेको फोनपेले दशैं र तिहार नजिकिँदै गर्दा यो अभियान ल्याएको हो । यसले हवाई टिकटको खरिदमा आकर्षक क्याशब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउने अपेक्षा गरिएको छ ।

'सुपर यात्रा' अभियानको अंशको रूपमा नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा ३०० क्याशब्याक प्राप्त गर्नेछन् । जबकि विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा २०० क्याशब्याकको लाभ लिन सक्नेछन्।

यस्तो क्याशब्याक अफरका अतिरिक्त, फोनपेले आकर्षक गिफ्टको पनि घोषणा गरेको छ । जसअनुसार एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् र हरेक हप्ता, पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन् । जसले अभियानलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

चाडपर्वको समयमा यात्राको मागलाई पूरा गर्न र प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न डिजाइन गरिएको हो । सहज अनलाइन सेवाहरूको बढ्दो प्राथमिकतासँगै प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि एक समर्पित नगद रहीत अनुभव प्रदान गर्ने प्रतिबद्ध फोनपेले व्यक्त गरेको छ ।

“दशैं र तिहार नेपालमा प्रमुख यात्रा सिजनहरू हुन् । ‘सुपर यात्रा’ अभियान मार्फत, हामी हाम्रा ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौं,” फोनपेका सीएसओ सुभोद शर्माले भने । “क्याशब्याक प्रोत्साहन र गिफ्टहरूको माध्यमबाट, हामी ग्राहक सन्तुष्टि बढाउन र थप प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी अपनाउन प्रोत्साहित गर्न चाहन्छौँ।”

 

पछिल्लो अध्यावधिक: असोज ७, २०८१ १९:५२