काठमाडौं । नेपाली कथानक चलचित्र खुस्माको गीत ‘रुकुम मैकोट’ युट्युब ग्लोबल म्युजिक ट्रेन्डिङको शीर्ष ५६ मा परेको छ । यसअघि विश्वका शीर्ष १०० मध्ये ७३ औं स्थानमा रहेको यो गीतले प्रशंसकको थप माया पाउँदा युट्युबमा अर्को उपलब्धि हासिल गरेको हो ।
युट्युबले हरेक आइतबार ग्लोबल ट्रेन्डिङको सूची अपडेट गर्ने गर्छ । अघिल्लो साता ग्लोबल ट्रेन्डिङको शीर्ष ८२ मा परेको नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ यो साता ट्रेन्डिङबाट बाहिरिएको छ । यसलाई ग्लोबल ट्रेन्डिङमा पर्ने पहिलो नेपाली गीतको रूपमा हेरिएको छ ।
‘रुकुम मैकोट’ भने ग्लोबल ट्रेन्डिङमा पर्ने दोस्रो नेपाली गीत र चलचित्रको पहिलो गीत हो ।
२५ अगस्टमा युट्युबमा अपलोड भएको यो गीत नेपालमा अहिलेसम्म पनि म्युजिक ट्रेन्डिङको शीर्ष स्थानमा छ । यो समाचार तयार पार्दासम्म यस गीतमा एक करोड ९१ लाख बढी भ्युज आएको छ ।