काठमाडौं । सामसङले ग्यालेक्सी एस २५ सिरिज केही महिनामा सार्वजनिक गर्दैछ । तर यस फोनका विभिन्न फिचरबारे जानकारी बाहिरिन थालेका छन् । हामीले यहाँ एस २४ अल्ट्रा र एस २५ अल्ट्रामा के-कस्ता समानता र भिन्नता होलान् भन्ने विषयमा चर्चा गर्दैछौं:
मूल्य
ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक हुन अझै कम्तीमा चारदेखि पाँच महिना पर्खिनु पर्ने हुन्छ । सामसङले सम्भवतः २०२५ को जनवरी वा फेब्रुअरीमा फोन सार्वजनिक गर्नेछ ।
यो वर्ष सार्वजनिक भएको ग्यालेक्सी एस २४ सिरिज अपेक्षा गरिएको भन्दै धेरै अगाडि नै अर्थात् १७ जनवरीमा सार्वजनिक भएको थियो । फोन ३१ जनवरीदेखि बजारमा उपलब्ध हुन थालिसकेको थियो ।
ग्यालेक्सी एस २३ अल्ट्राको मूल्य ११९९ डलर (करिब एक लाख ६० हजार रुपैयाँ ) रहेको थियो । त्यसको एक वर्षपछि सार्वजनिक भएको ग्यालेक्सी एस २४ अल्ट्राको मूल्य १०० डलर बढी अर्थात् १२९९ डलर (करिब एक लाख ७४ हजार रुपैयाँ) कायम गरिएको थियो ।
एस २५ मा नयाँ पुस्ताको चिपसेट भएकाले यसको मूल्य बढी हुने अपेक्षा गरिएको छ । विश्लेषक मिङ-चि कुओले पनि यस फोनको मूल्य तुलनात्मक रूपमा बढी पर्ने अपेक्षा गरेका छन् ।
डिजाइन र डिस्प्ले
ग्यालेक्सी एस २४ सिरिजमा ६.८ इन्चको स्क्रिन रहेको छ । तर, एस २५ सिरिजमा भने कही ठूलो अर्थात ६.८६ इन्च डिस्प्ले हुने बताइएको छ । एस २४ अल्ट्राको तुलनामा केही ठूलो छ । तर, आईफोन १६ प्रो म्याक्सको ६.९ इन्च डिस्प्लेको अघि एस २५ को डिस्प्ले केही सानो नै हो ।
एस २५ अल्ट्रा ७७.६ एमएम चौडा हुने बताइएको छ । एस २४ को चौडाइ भने ७९ एमएम रहेको छ । त्यस्तै एस २५ अल्ट्रामा गोलो कर्नर हुने भनिएको छ । सामसङले एस २२ अल्ट्रादेखि नै कर्नर वर्गाकार किसिमको बनाउँदै आएको छ ।
ग्यालेक्सी एस २५ अल्ट्रा र एस २४ अल्ट्राको क्यामेरा
एस २४ अल्ट्रामा २०० मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको अल्ट्रावाइड, थ्रीएक्स जुम सहितको १० मेगापिक्सेल टेलिफोटो क्यामेरा, ५० मेगापिक्सेलको फाइभएक्स अप्टिकल जुम भएको टेलिफोटो क्यामेरा रहेको छ ।
एस २५ सिरिजमा अल्ट्रावाइड लेन्स १२ मेगापिक्सेलबाट बढाएर ५० मेगापिक्सेल पुर्याइने बताएको छ । यसमा २०० मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको सेल्फी र ५० मेगापिक्सेलको टेलिफोटो क्यामेरा हुनेछ ।
यस फोनमा फोकल लेन्स चारदेखि पाँच गुणासम्म बढाउन मिल्ने बताइएको छ ।
पर्फमेन्स
स्न्यापड्रागन ८ जेन थ्री चिपसेटको प्रयोगले ग्यालेक्सी एस २४ अल्ट्रा निकै प्रभावशाली भएको छ । ग्यालेक्सी एस २५ अल्ट्रामा ८ जेन फोर चिपसेटको प्रयोग हुनेछ । हुन त क्वाल्कमले यसअघि नै स्न्यापड्रागन ८ जेन ४ अक्टोबरमा सार्वजनिक हुने पुष्टि गरिसकेको छ । यसले गर्दा सन् २०२५ मा आउने एस २५ अल्ट्रामा २०२५ मा उक्त चिपसेट हुने सम्भावना एकदम बढी छ ।
तर, स्न्यापड्रागन ८ जेन फोरका प्रारम्भिक बेन्चमार्कहरू खासै प्रभावशाली छैनन् । लिक भएका गिकबेन्च नतिजाका अनुसार स्न्यापड्रागन ८ जेन फोरले ए १८ बायोनिकद्वारा सञ्चालित आईफोन १६ को टप स्कोरसँग मिल्दोजुल्दो नतिजा दिएको छ ।
आईफोन १६ प्रोले गिकबेन्चमा ३,४०० सिङ्गल-कोर स्कोर र ८,३४१ मल्टी-कोर स्कोर प्राप्त गरेको विभिन्न रिपोर्टले उल्लेख गरेका छन् । त्यस्तै आईफोन १६ प्रो म्याक्सले ३,३८६ र ८,३०६ स्कोर प्राप्त गरेको थियो ।
उता ग्यालेक्सी एस २५ अल्ट्राको स्न्यापड्रागन ८ जेन ४ मा चलिरहेको लीक नतिजामा ३,०६९ सिंगल-कोर स्कोर र ९,०८० मल्टी-कोर स्कोर प्राप्त भएको छ ।
साथै र्याम पर्फमेन्स क्षमता पनि हालको ग्यालेक्सी एस २४ अल्ट्रामा १२ जीबीबाट बढेर ग्यालेक्सी एस २५ अल्ट्रामा १६ जीबीसम्म पुग्ने अपेक्षा गरिएको छ । यसबाट मल्टीटास्किङ र ग्यालेक्सी एआई पर्फमेन्समा सुधार आउने बताइएको छ ।
एआई फिचरको कुरा गर्दा ग्यालेक्सी एस २५ अल्ट्राले यसअघिका एस २४ लाइनअप जस्तै नयाँ एआई विशेषताहरू थप्ने सम्भावना छ । तर, हालसम्म कुनै ठोस जानकारी उपलब्ध भएको छैन ।
ब्याट्री लाइफको मामलामा ग्यालेक्सी एस २४ अल्ट्राले ५००० एमएएचको ब्याट्रीको साथ लगभग १७ घण्टा टिक्ने क्षमता देखाएको थियो । रिपोर्ट अनुसार ग्यालेक्सी एस २५ अल्ट्रामा पनि सोही क्षमता अर्थात ५००० एमएएचको ब्याट्री हुनेछ । र, यसमा ४५ वाट चार्जिङ स्पीड कायम रहने सम्भावना छ ।
ग्यालेक्सी एस २५ अल्ट्रा र एस २४ अल्ट्राका स्पेक्सहरूः
|
विवरण |
Samsung Galaxy S25 Ultra (हल्ला) |
Samsung Galaxy S24 Ultra |
|
पर्फमेन्स |
६.८६ इन्च १२० हर्ज रिफ्रेस रेटसहित |
६.८ इन्च १२० हर्ज रिफ्रेस रेटसहित |
|
चिपसेट |
Qualcomm Snapdragon 8 Gen 4 |
Qualcomm SM8650-AC Snapdragon 8 Gen 3 (4nm) |
|
स्टोरेज |
128GB, 256GB, 1TB |
128GB, 256GB, 1TB |
|
पछाडिको क्यामेरा |
200MP मुख्य, दुईवटा 50MP टेलिफोटो लेन्स 3x र 5x अप्टिकल जुमसहित, 50MP अल्ट्रावाइड |
200MP मुख्य (f/1.7), 50MP 5x टेलिफोटो (f/3.4), 10MP 3x टेलिफोटो (f/2.4), 12MP अल्ट्रावाइड (f/2.2) |
|
सेल्फी क्यामेरा |
12MP (f/2.2) |
12MP (f/2.2) |
|
ब्याट्री |
5,000 mAh |
5,000 mAh |
|
कलर अप्सन |
टाइटेनियम ब्ल्याक, टाइटेनियम ग्रे, टाइटेनियम भायोलेट, टाइटेनियम एल्लो |
टाइटेनियम ब्ल्याक, टाइटेनियम ग्रे, टाइटेनियम भायोलेट, टाइटेनियम एल्लो |
पछिल्लो अध्यावधिक: असोज २२, २०८१ १५:२८
