close

सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा कुर्ने कि एस २४ मै चित्त बुझाउने ?

टेकपाना टेकपाना

असोज २२, २०८१ १५:१६

सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा कुर्ने कि एस २४ मै चित्त बुझाउने ?

काठमाडौं । सामसङले ग्यालेक्सी एस २५ सिरिज केही महिनामा सार्वजनिक गर्दैछ । तर यस फोनका विभिन्न फिचरबारे जानकारी बाहिरिन थालेका छन् । हामीले यहाँ एस २४ अल्ट्रा र एस २५ अल्ट्रामा के-कस्ता समानता र भिन्नता होलान् भन्ने विषयमा चर्चा गर्दैछौं: 

मूल्य 

ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक हुन अझै कम्तीमा चारदेखि पाँच महिना पर्खिनु पर्ने हुन्छ । सामसङले सम्भवतः २०२५ को जनवरी वा फेब्रुअरीमा फोन सार्वजनिक गर्नेछ । 

यो वर्ष सार्वजनिक भएको ग्यालेक्सी एस २४ सिरिज अपेक्षा गरिएको भन्दै धेरै अगाडि नै अर्थात् १७ जनवरीमा सार्वजनिक भएको थियो । फोन ३१ जनवरीदेखि बजारमा उपलब्ध हुन थालिसकेको थियो । 

ग्यालेक्सी एस २३ अल्ट्राको मूल्य ११९९ डलर (करिब एक लाख ६० हजार रुपैयाँ ) रहेको थियो । त्यसको एक वर्षपछि सार्वजनिक भएको ग्यालेक्सी एस २४ अल्ट्राको मूल्य १०० डलर बढी अर्थात् १२९९ डलर (करिब एक लाख ७४ हजार रुपैयाँ) कायम गरिएको थियो । 

एस २५ मा नयाँ पुस्ताको चिपसेट भएकाले यसको मूल्य बढी हुने अपेक्षा गरिएको छ । विश्लेषक मिङ-चि कुओले पनि यस फोनको मूल्य तुलनात्मक रूपमा बढी पर्ने अपेक्षा गरेका छन् । 

डिजाइन र डिस्प्ले 

ग्यालेक्सी एस २४ सिरिजमा ६.८ इन्चको स्क्रिन रहेको छ । तर, एस २५ सिरिजमा भने कही ठूलो अर्थात ६.८६ इन्च डिस्प्ले हुने बताइएको छ । एस २४ अल्ट्राको तुलनामा केही ठूलो छ । तर, आईफोन १६ प्रो म्याक्सको ६.९ इन्च डिस्प्लेको अघि एस २५ को डिस्प्ले केही सानो नै हो । 

एस २५ अल्ट्रा ७७.६ एमएम चौडा हुने बताइएको छ । एस २४ को चौडाइ भने ७९ एमएम रहेको छ । त्यस्तै एस २५ अल्ट्रामा गोलो कर्नर हुने भनिएको छ । सामसङले एस २२ अल्ट्रादेखि नै कर्नर वर्गाकार किसिमको बनाउँदै आएको छ । 

ग्यालेक्सी एस २५ अल्ट्रा र एस २४ अल्ट्राको क्यामेरा 

एस २४ अल्ट्रामा २०० मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको अल्ट्रावाइड, थ्रीएक्स जुम सहितको १० मेगापिक्सेल टेलिफोटो क्यामेरा, ५० मेगापिक्सेलको फाइभएक्स अप्टिकल जुम भएको टेलिफोटो क्यामेरा रहेको छ । 

एस २५ सिरिजमा अल्ट्रावाइड लेन्स १२ मेगापिक्सेलबाट बढाएर ५० मेगापिक्सेल पुर्‍याइने बताएको छ । यसमा २०० मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको सेल्फी र ५० मेगापिक्सेलको टेलिफोटो क्यामेरा हुनेछ । 

यस फोनमा फोकल लेन्स चारदेखि पाँच गुणासम्म बढाउन मिल्ने बताइएको छ । 

पर्फमेन्स 

स्न्यापड्रागन ८ जेन थ्री चिपसेटको प्रयोगले ग्यालेक्सी एस २४ अल्ट्रा निकै प्रभावशाली भएको छ । ग्यालेक्सी एस २५ अल्ट्रामा ८ जेन फोर चिपसेटको प्रयोग हुनेछ । हुन त क्वाल्कमले यसअघि नै स्न्यापड्रागन ८ जेन ४ अक्टोबरमा सार्वजनिक हुने पुष्टि गरिसकेको छ । यसले गर्दा सन् २०२५ मा आउने एस २५ अल्ट्रामा २०२५ मा उक्त चिपसेट हुने सम्भावना एकदम बढी छ । 

तर, स्न्यापड्रागन ८ जेन फोरका प्रारम्भिक बेन्चमार्कहरू खासै प्रभावशाली छैनन् । लिक भएका गिकबेन्च नतिजाका अनुसार स्न्यापड्रागन ८ जेन फोरले ए १८ बायोनिकद्वारा सञ्चालित आईफोन १६ को टप स्कोरसँग मिल्दोजुल्दो नतिजा दिएको छ ।

आईफोन १६ प्रोले गिकबेन्चमा ३,४०० सिङ्गल-कोर स्कोर र ८,३४१ मल्टी-कोर स्कोर प्राप्त गरेको विभिन्न रिपोर्टले उल्लेख गरेका छन् । त्यस्तै आईफोन १६ प्रो म्याक्सले ३,३८६ र ८,३०६ स्कोर प्राप्त गरेको थियो ।

उता ग्यालेक्सी एस २५ अल्ट्राको स्न्यापड्रागन ८ जेन ४ मा चलिरहेको लीक नतिजामा ३,०६९ सिंगल-कोर स्कोर र ९,०८० मल्टी-कोर स्कोर प्राप्त भएको छ ।

साथै र्‍याम पर्फमेन्स क्षमता पनि हालको ग्यालेक्सी एस २४ अल्ट्रामा १२ जीबीबाट बढेर ग्यालेक्सी एस २५ अल्ट्रामा १६ जीबीसम्म पुग्ने अपेक्षा गरिएको छ । यसबाट मल्टीटास्किङ र ग्यालेक्सी एआई पर्फमेन्समा सुधार आउने बताइएको छ । 

एआई फिचरको कुरा गर्दा ग्यालेक्सी एस २५ अल्ट्राले यसअघिका एस २४ लाइनअप जस्तै नयाँ एआई विशेषताहरू थप्ने सम्भावना छ । तर, हालसम्म कुनै ठोस जानकारी उपलब्ध भएको छैन ।

ब्याट्री लाइफको मामलामा ग्यालेक्सी एस २४ अल्ट्राले ५००० एमएएचको ब्याट्रीको साथ लगभग १७ घण्टा टिक्ने क्षमता देखाएको थियो ।  रिपोर्ट अनुसार ग्यालेक्सी एस २५ अल्ट्रामा पनि सोही क्षमता अर्थात ५००० एमएएचको ब्याट्री हुनेछ । र, यसमा ४५ वाट चार्जिङ स्पीड कायम रहने सम्भावना छ ।

ग्यालेक्सी एस २५ अल्ट्रा र एस २४ अल्ट्राका स्पेक्सहरूः 

विवरण

Samsung Galaxy S25 Ultra (हल्ला)

Samsung Galaxy S24 Ultra

पर्फमेन्स

६.८६ इन्च १२० हर्ज रिफ्रेस रेटसहित

६.८ इन्च १२० हर्ज रिफ्रेस रेटसहित

चिपसेट

Qualcomm Snapdragon 8 Gen 4

Qualcomm SM8650-AC Snapdragon 8 Gen 3 (4nm)

स्टोरेज

128GB, 256GB, 1TB

128GB, 256GB, 1TB

पछाडिको क्यामेरा

200MP मुख्य, दुईवटा 50MP टेलिफोटो लेन्स 3x र 5x अप्टिकल जुमसहित, 50MP अल्ट्रावाइड

200MP मुख्य (f/1.7), 50MP 5x टेलिफोटो (f/3.4), 10MP 3x टेलिफोटो (f/2.4), 12MP अल्ट्रावाइड (f/2.2)

सेल्फी क्यामेरा

12MP (f/2.2)

12MP (f/2.2)

ब्याट्री

5,000 mAh

5,000 mAh

कलर अप्सन

टाइटेनियम ब्ल्याक, टाइटेनियम ग्रे, टाइटेनियम भायोलेट, टाइटेनियम एल्लो

टाइटेनियम ब्ल्याक, टाइटेनियम ग्रे, टाइटेनियम भायोलेट, टाइटेनियम एल्लो

 

पछिल्लो अध्यावधिक: असोज २२, २०८१ १५:२८