close

ह्वाट्सएपका ७ गोप्य फिचर‍, जुन तपाईँलाई थाहा नहुन सक्छ

टेकपाना टेकपाना

असोज २३, २०८१ ८:४५

ह्वाट्सएपका ७ गोप्य फिचर‍, जुन तपाईँलाई थाहा नहुन सक्छ

काठमाडौं । अहिलेको समयमा सामाजिक सञ्जाल ह्वाट्सएपका अर्बौं प्रयोगकर्ता रहेका छन् । प्रयोगकर्ताहरूका लागि यस सामाजिक सञ्जालमा अनेकन् फिचर रहेका छन्, तर तीमध्ये कतिपय फिचर तपाईंलाई थाहा नहुन सक्छन् । ह्वाट्सएपमा 'लास्ट सीन' बन्द गर्नेदेखि लाइभ लोकेसन शेयर गर्नेसम्मका यहाँ फिचर छन् । आज हामी ह्वाट्सएपका त्यस्तै फिचरहरूबारे चर्चा गर्नेछौं:

१. रिड रेसिप्ट बन्द गर्ने 

कहिलेकाहीँ आएको मेसेज हेर्न मन लाग्छ, तर उत्तर फर्काइहाल्न मन लाग्दैन । त्यस्तोमा तपाईंले रिड रेसिप्ट बन्द गर्न सक्नुहुन्छ । यसो हुँदा तपाईंले मेसेज हेरे पनि अन्य प्रयोगकर्ताले थाहा पाउँदैनन् । यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-ह्वाट्सएप लगइन गरेर सेटिङमा जानुहोस् ।

-त्यसपछि अकाउन्ट हुँदै प्राइभेसीमा जानुहोस् ।

-त्यहाँ 'रिड रेसिप्ट'मा देख्नुहुन्छ, त्यसलाई टगल अन गर्नुहोस् ।

२. आफ्नो मिल्ने साथी थाहा पाउने
यस आधुनिक युगमा मित्रता समय वा सङ्गतले मापन गरिँदैन, बरु डेटा कति शेयर गरिएका छन् भन्ने कुराले मापन हुन्छ । यसका लागि ह्वाट्सएपमा फिचर छ । यसो गर्दा डेटा शेयरको आधारमा तपाईंले आफ्नो मिल्ने साथी पहिचान गर्न सक्नुहुन्छ । यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

  • सेटिङमा गएर डेटा एन्ड स्टोरेज युजेजमा जानुहोस् ।

  • स्टोरेज युजेजमा क्लिक गर्नुहोस्, जहाँ तपाईंले डेटा शेयरको आधारमा साथीहरूको सूची देख्नुहुन्छ ।

३. मेसेज हेरेको थाहा पाउने
कतिपय पटक तपाईंले पठाएको मेसेज कहिले हेरेँ भन्ने थाहा पाउन चाहनुहुन्छ होला । यसका लागि ह्वाट्सएपमा विकल्प दिइएको छ, जुन तपाईंले यसरी गर्न सक्नुहुन्छ:

  • एन्ड्रोइडमा केही सेकेन्ड मेसेज होल्ड गर्नुहोस् ।

  • आईओएसका लागि भने मेसेजलाई बायाँतिर स्वाइप गर्नुहोस् ।
    यसरी तपाईंले आफ्नो मेसेज कहिले हेरे भनेर थाहा पाउन सक्नुहुन्छ ।

४. प्रोफाइल पिक्चर लुकाउने
कतिपय अवस्थामा तपाईंलाई आफ्नो प्रोफाइल पिक्चर अरूले नदेखुन् भन्ने लाग्न सक्छ । यस्तो अवस्थामा तलको प्रक्रिया अपनाउनुहोस्:

  • सेटिङमा गएर प्राइभेसीमा जानुहोस् ।

  • प्रोफाइल पिक्चरमा ट्याप गरेर नोबडी छान्नुहोस् ।

५. ग्रुप च्याट म्युट गर्ने
ह्वाट्सएपको ग्रुप मेसेजमा ५० जनासम्मलाई जोड्न सकिन्छ । यदि तपाईंलाई धेरै मेसेजहरूले सताइरहेको छ भने ग्रुप म्युट गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

  • आफूले म्युट गर्न चाहेको ग्रुप छान्नुहोस् ।

  • स्क्रिनको माथिल्लो भागमा रहेको घण्टी आकारको चिन्हमा क्लिक गर्नुहोस् ।

  • तपाईंले उक्त ग्रुपलाई आठ घण्टा, एक हप्ता, अथवा वर्षभर नै म्युट गर्न सक्नुहुन्छ ।

६.शर्टकट कुराकानी
एन्ड्रोइड फोनमा प्राय: गरिरहने च्याटको शर्टकट बनाउन सकिन्छ । यसो गर्दा पटक-पटक ह्वाट्सएप खोलेर च्याटमा जानु पर्दैन ।

  • आफूले शर्टकट बनाउन खोजेको च्याटमा केही बेर ट्याप गर्नुहोस् ।

  • त्यसपछि तीन ओटा डटमा क्लिक गरेर एड च्याटशर्टकटमा क्लिक गर्नुहोस् ।

७. लोकेसन शेयर गर्ने
आफ्नो लोकेसन अरूलाई पठाउनु छ भने ह्वाट्सएपले सजिलो विकल्प दिन्छ । यसरी लोकेसन पठाउँदा ट्य्र्याक गर्न सजिलो हुन्छ ।

  • एन्ड्रोइडमा मेसेज पठाउने बक्स नजिकै क्लिप आइकनमा क्लिक गर्नुहोस्, र लोकेसन पठाउनुहोस् ।

  • आईओएसमा च्याट बक्स नजिकै रहेको प्लस आइकनमा क्लिक गरेर लोकेसन छान्नुहोस् ।

 

 

पछिल्लो अध्यावधिक: असोज २३, २०८१ ८:४६