काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले प्रदान गर्ने विद्यावारिधि शोधवृत्ति, छात्रवृत्ति, अनुसन्धान अनुदान र अनुसन्धान वृत्तिहरूका लागि आवेदन खुलेको छ । हालै एक सूचना जारी गर्दै नास्टले योग्य नेपाली उम्मेद्वारहरूलाई प्रस्ताव तथा आवेदन दिन आह्वान गरेको हो ।
इच्छुकले आउँदो २१ कात्तिकभित्र आवेदन दिइसक्नु पर्नेछ । यसका साथै नास्टको कार्यालय, ईमेल [email protected] वा [email protected] मा पठाउन सकिने छ । नास्टले दिने वृत्तिहरूको सूची यस प्रकार छ:
१. विद्यावारिधि शोधवृत्ति (PhD Fellowship)
२ विद्यावारिधि छात्रवृत्ति (PhD Scholarship)
३. अनुसन्धान अनुदान (Research Grant)
४. स्नातकोत्तर शोध अनुसन्धान अनुदान (Master Thesis Grant)
५. नास्टको प्रयोगशालामा गरिने स्नातकोत्तर शोध कार्य (Master Thesis)
६. अनुसन्धान वृत्ति तथा सहायक अनुसन्धान वृति (Fellowship and Assistantship):
a) Research Fellow (RF)
b) Assistant Research Fellow (ARF)
c) Research Assistant (RA)
७. वैज्ञानिक सहकार्य कार्यक्रम (Scientific Collaboration Program)
८. विशेष प्रतिभा प्रवर्द्धन कार्यक्रम (Special Talent Promotion Program)