close

मासिक २५ हजार तलब दिनेगरी करिअर क्याम्प सञ्चालन गर्दै काठमाडौं महानगर, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

कात्तिक ७, २०८१ १९:२६

मासिक २५ हजार तलब दिनेगरी करिअर क्याम्प सञ्चालन गर्दै काठमाडौं महानगर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘करिअर क्याम्प २०८१’ सञ्चालन गर्ने भएका छन् । हालै एक सूचना प्रकाशित गर्दै महानगर अन्तर्गतको सहरी योजना आयोगले यसबारे जानकारी दिएको हो । यस कार्यक्रममा सहरी योजना, सिभिल इन्जिनियरिङ तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह सकेका व्यक्तिहरू सहभागी हुन सक्छन् ।

यो नौ महिनाको पूर्णकालीन प्रशिक्षार्थी कार्यक्रम हो । कार्यक्रममा छनोट भएका प्रशिक्षार्थीले संरचनागत प्रारुप, ड्रइङ डिजाइन र लागत अनुमान तयार गर्नुका साथै महानगरमा भइरहेका निर्माण कार्यहरूको सुपरीवेक्षण र प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सहभागी हुनेछन् ।

यस कार्यक्रमको उद्देश्य व्यावसायिक सीप, दक्षता र अनुभव प्रदान गर्नु रहेको महानगरले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने इच्छुकले मङ्गलबार (६ कात्तिक)देखि १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

छनोट भएका व्यक्तिले मासिक २५ हजार रुपैयाँ तलब पाउनुका साथै सीप र अनुभव हासिल गर्न सक्नेछन् । 

यहाँ क्लिक गरेर आवेदन दिन सकिनेछ । थप जानकारीका लागि महानगरले तोकेका सम्पर्क व्यक्ति विवेक बास्तोलालाई ९८४८०१८२१५ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८१ १९:२६