काठमाडौं । सामाजिक अभियन्ताका रूपमा आफूलाई चिनाउने आषिका तामाङविरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको छ । जिल्ला होटल संघ धादिङले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा तामाङविरुद्ध उजुरी दर्ता गरी कानुन बमोजिम कारवाही गर्न अनुरोध गरेको छ ।
उजुरीमा तामाङले विगत १५ दिनदेखि विभिन्न होटलमा बिना अनुमति/सोधपुछ ग्राहकहरूले सेवा लिइरहेको अवस्थामा भिडिओ बनाउने गरेको उल्लेख छ । त्यसक्रममा उनले असभ्य भाषामा लाञ्छना/आरोप लगाउँदै होटल धनीलाई अपमान गर्ने, बेइज्जत गर्ने र नभएका कुराहरूको अफबाह फैलाउने गरेको आरोप लगाइएको छ ।
त्यस्तै ती भिडिओ युट्युब, फेसबुक रिल, टिकटकमा राख्ने गरेको र पटक-पटक यसो नगर्न अनुरोध गर्दा पनि तामाङले बेवास्ता गरेको जनाइएको छ । हेर्नुहोस् सूचना