close

कर्पोरेट ग्राहकलाई लक्षित गर्दै नेपाल टेलिकमले ल्यायो मल्टिपल टिभी सेवा

टेकपाना टेकपाना

कात्तिक २१, २०८१ १८:३३

कर्पोरेट ग्राहकलाई लक्षित गर्दै नेपाल टेलिकमले ल्यायो मल्टिपल टिभी सेवा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना कर्पोरेट ग्राहकलाई लक्षित गर्दै मल्टिपल टिभी सेवा सुरु गरेको छ । यसअन्तर्गत चार वा सोभन्दा बढी टिभी जडान गर्न इच्छुक संस्थालाई विशेष सहुलियत प्रदान गरिएको छ ।

चार देखि १० वटा टिभी जडान गर्ने कर्पोरेट ग्राहकले प्रति सेटटप बक्स २,९३९ रुपैयाँमा खरिद गर्न सक्नेछन्, जसमा एक वर्षको वारेन्टी समावेश छ ।

त्यस्तै ११ वा सोभन्दा बढी टिभी जडान गर्न चाहने ग्राहकहरूले प्रति सेटटप बक्स २,८२५ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यो दरमा पनि वारेन्टी सुविधा उपलब्ध छ ।

यस सेवाबारे थप जानकारी लिन इच्छुक ग्राहकले नेपाल टेलिकमको हेल्पलाइन नम्बर ९९८ मा सम्पर्क गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८१ १८:३३