close

किशोरीहरूको आत्महत्यापछि फ्रान्समा सात परिवारले एकैचोटि हाले टिकटकविरुद्ध मुद्दा

टेकपाना टेकपाना

कात्तिक २४, २०८१ १५:१४

किशोरीहरूको आत्महत्यापछि फ्रान्समा सात परिवारले एकैचोटि हाले टिकटकविरुद्ध मुद्दा

काठमाडौं । दुई किशोरीले आत्महत्या गरेपछि फ्रान्सका सात परिवारले सामाजिक सञ्जाल टिकटक विरुद्ध एकैचोटि मुद्दा दायर गरेका छन् । आत्महत्याको कारण टिकटक रहेको आरोप लगाउँदै उनीहरूले पेरिसको क्रेटेल न्यायिक अदालतमा मुद्दा दायर गरेका हुन् ।

टिकटकमाथि सामूहिक मुद्दा दायर भएको यो युरोपकै पहिलो घटना हो । समाचार संस्था एएपीका अनुसार आत्महत्या गरेका दुवै किशोरीहरू १५ वर्षका थिए ।​

टिकटकको एग्लोरिदमले आत्महत्या, आफैंलाई हानि पुर्‍याउने व्यवहार, खानपिन सम्बन्धी विकार लगायतका भिडिओ देखाउँदा आफ्ना छोरीहरूले त्यस्तो कदम चालेको किशोरीका अभिभावकहरूले आरोप लगाएका छन् । 

पछिल्लो समय फेसबुक, इन्स्टाग्राम जस्तै टिकटकका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परेको आरोप लाग्दै आएको छ । ​टिकटकले भने यी आरोपलाई गलत र भ्रामक भन्ने गरेको छ । साथै कम्पनीले बालबालिकाको मानसिक स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न विभिन्न उपायहरूमा लगानी गरेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८१ १५:४८