close

सबै सार्वजनिक यातायतमा जीपीएस जडान अनिवार्य गर्ने तयारीमा सरकार

टेकपाना टेकपाना

मंसिर ४, २०८१ १८:३९

सबै सार्वजनिक यातायतमा जीपीएस जडान अनिवार्य गर्ने तयारीमा सरकार

काठमाडौं । यातायात व्यवस्था विभागले सम्पूर्ण सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली जडान गर्ने गृहकार्य अगाडि बढाएको छ । सवारी साधनको नियमन तथा सवारी साधन दुर्घटनापश्चात खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन यो प्रणाली अनिवार्य गर्न लागिएको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभाग सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन, यातायात र सवारी मापदण्ड निर्धारण शाखाका निर्देशक ई. श्रीकान्त यादवका अनुसार विभागले करिब एक वर्षअघि नै काठमाडौं- पोखरा र काठमाडौं- वीरगंजको रुटमा चल्ने केही सवारीमा परीक्षणको रूपमा जीपीएस प्रणाली जडान गरिसकेको छ । 

परीक्षण स्वरूप जडान गरिएको जीपीएस प्रणालीको वास्तविक प्रभावकारिता मूल्याङ्कनको समय आइनसके पनि अन्य देशमा भएका व्यवस्था तथा अध्ययनमा आधारित भई जीपीएस सबै सवारीमा जडान कार्य अगाडि बढाइएको यादवले बताए ।

“जीपीएस प्रणालीको प्रभावकारिता विशेषगरी दुर्घटनाको समयमा मूल्याङ्कन हुने विषय हो । केही सवारी साधनमा मात्र यो प्रणाली जडान गरिएकाले यसको वास्तविक प्रभावकारिता हामीले नै मूल्याङ्कन गरेको अवस्था छैन । तर अन्य देशका अभ्यास तथा विभिन्न अध्ययनलाई मध्यनजर गर्दै सार्वजनिक सवारीमा यो प्रणाली प्रभावकारी देखिएको छ । सोही अनुरूप हामीले प्रक्रिया अगाडी बढाउँदै छौं,” यादवले टेकपाना भने ।

 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८१ १८:३९