close

३०औं दीक्षान्त समारोह गर्दै काठमाडौं विश्वविद्यालय, यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

मंसिर ५, २०८१ १६:८

३०औं दीक्षान्त समारोह गर्दै काठमाडौं विश्वविद्यालय, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं । काठमाडौं विश्वविद्यालयले आउँदो ३० मङ्सिरमा ३०औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुन विभिन्न तहमा उत्तीर्ण विद्यार्थीलाई आह्वान गरेको छ ।

पहिलो चरणको दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सबाट १२ मङ्सिर, २०८१ सम्ममा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण विद्यार्थी सहभागी हुन सक्नेछन् ।

समारोहमा दीक्षित हुन ५ देखि १४ मंसिरसम्म अनलाइन आवेदन दिन सकिने छ । अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८१ १६:८