close

वनप्लस फोनको स्क्रिनमा हरियो धर्को आए कम्पनीले नि:शुल्क डिस्प्ले फेरिदिने

टेकपाना टेकपाना

मंसिर २२, २०८१ २०:२५

वनप्लस फोनको स्क्रिनमा हरियो धर्को आए कम्पनीले नि:शुल्क डिस्प्ले फेरिदिने

काठमाडौं । चिनियाँ ब्राण्ड वनप्लसले आफ्नो फोनको स्क्रिनमा हरियो धर्को देखा परे निःशुल्क रिप्लेसमेन्ट गरिदिने भएको छ । कम्पनीले सबै मोडेलमा लागू हुने गरी स्क्रिनको लाइफटाइम ग्यारेन्टी घोषणा गरेको हो ।

पहिलो चरणमा भारतीय बजारमा यो योजना लागू हुने बताइएको छ । यसअन्तर्गत कम्पनीले ‘वनप्लस ग्रीन लाइन वरी-फ्री सोलुसन’ नामक तीन-चरणको योजना सुरु गरेको छ । यसअनुसार पुराना र आगामी वनप्लस फोनहरूको डिस्प्लेमा समस्या आए कम्पनी स्वयंले समाधान गरिदिने छ ।

पुराना फोनका लागि रिप्लेसमेन्ट पार्ट उपलब्ध नभए नयाँ फोन किन्नका लागि अपग्रेड भाउचर उपलब्ध गराइने कम्पनीले जनाएको छ । साथै कम्पनीले एमोलेड डिस्प्लेमा नयाँ सुधार र कडा परीक्षण प्रक्रियासँगै फोनको स्क्रिनलाई अझ बढी टिकाउ र सुरक्षित बनाउने योजना पनि बनाएको छ ।

केही वर्षयता विभिन्न कम्पनीका फोनमा स्थायी हरियो लाइन आउने समस्या देखिएका छन् । प्रयोगकर्ताले यस्तो समस्या बढी गुनासो गर्न थालेपछि वनप्लसले भारतसँगै अन्य देशमा लाइफटाइम ग्यारेन्टी दिने योजना ल्याएको हो ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८१ २०:४४