close

इन्जिनियरिङ अध्ययन संस्थानको डीनमा प्राडा सुशील बहादुर बज्राचार्य नियुक्त

टेकपाना टेकपाना

मंसिर ३०, २०८१ ७:३३

इन्जिनियरिङ अध्ययन संस्थानको डीनमा प्राडा सुशील बहादुर बज्राचार्य नियुक्त

काठमाडौं । प्राडा सुशील बहादुर बज्राचार्य त्रिभुवन विश्वविद्याय इन्जिनियरिङ अध्ययन संस्थानको डीनमा नियुक्त भएका छन् । हालै बसेको त्रिवि कार्यकारी परिषदको बैठकले उनी सहित संकायका डीन र तीन अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो । 

कुलपति समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले ७ पुसभित्र रिक्त पदमा नियुक्ति दिन निर्देशन दिएको केही दिन नबित्दै त्रिविले यस्तो निर्णय गरेको हो । त्रिविका अनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी)को डीनमा प्राडा शंकर खनाल नियुक्त भएका छन् । यसैगरी वन विज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर ठाकुर सिलवाल, मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल, इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा नियुक्त भएका छन् । 

त्यस्तै शिक्षाशास्त्र संकायको डीनमा प्राडा बेदराज आचार्य, व्यवस्थापन संकायको डीनमा प्राडा महानन्द चालिसे र कृषि र पशुविज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर किशोरचन्द्र दाहाल नियुक्त भएका छन् । 

त्यस्तै शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डाक्टर राजेन्द्र कुँवर, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राडा मिनाराज भण्डारी र योजना निर्देशनालयका निर्देशकमा डाक्टर लंक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् । 

आईओईका नयाँ डीन प्राडा बज्राचार्य डिपार्टमेन्ट अफ आर्किटेक्चर एन्ड उर्बान प्लानिङ्गमा सन् १९९८ देखि कार्यरत छन्। सन् २०१७ मा विद्यावारिधी सकेका उनी यस अघि संस्थानकोका सहायक डीन समेत थिए । उनले जमल स्थित राष्ट्रिय नाच घर सहित विभिन्न भवनहरूको डिजाइन गरेका छन् । 

यस अघि छनोट समितिले समयमा नै शर्ट लिस्टको नाम बुझाए पनि लामो समयसम्म डीन नियुक्त हुन सकेको थिएन ।

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८१ ७:३३