close

नेपाली महिला उद्यमीलाई मेन्टरशिप दिँदै अमेरिकी दूतावास, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

पुस ३, २०८१ ९:५

नेपाली महिला उद्यमीलाई मेन्टरशिप दिँदै अमेरिकी दूतावास, यसरी हुनुहोस् सहभागी

काठमाडौं । अमेरिकी दूतावासले नेपाली महिला उद्यमीका लागि विशेष बुटक्याम्प र मेन्टरसिप कार्यक्रम आयोजना गर्ने भएको छ । एक सूचना निकाल्दै दूतावासले एकेडेमी अफ विमेन इन्टरप्रेनर्स (एडब्लुई) अन्तर्गत यो कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

इम्प्याक्ट इनिसिएटिभ नेपालसँगको साझेदारीमा सञ्चालन हुने कार्यक्रमले व्यवसाय विस्तार गर्न, नयाँ सोच र नवप्रवर्तन ल्याउन तथा नेपालको आर्थिक वृद्धिमा योगदान गर्न आवश्यक सीप, स्रोत र मार्गदर्शन प्रदान गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक उद्यमीका लागि आवेदन खुला गरिएको छ । यहाँ क्लिक गरी आवेदन फाराम भर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: पुस ३, २०८१ ९:५