close

रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक गर्नेलाई कारबाही हुन्छः प्रहरी

टेकपाना टेकपाना

पुस ४, २०८१ १७:५

रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक गर्नेलाई कारबाही हुन्छः प्रहरी

काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले कारबाही गर्ने भएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कास्की प्रहरीले घटनामा संलग्न व्यक्तिलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

आफूलाई सामाजिक अभियन्ताका रूपमा चिनाउने डा. निकोलस भुसालले उक्त फोटो खिचेको स्वीकारेका छन् । प्रहरीका अनुसार अनधिकृत रूपमा तस्बिर प्रकाशित गर्दा अनुसन्धानमा नकारात्मक प्रभाव परेको छ ।

 

सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नु पर्ने व्यवस्था गरेको छ । तर सो नियम र प्रचलित साइबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई उल्लङ्घन गरी अनधिकृत रूपमा फोटो प्रकाशन तथा सम्प्रेषण गरिएकाले उक्त कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरमा ल्याइने विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: पुस ४, २०८१ १८:२८