काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दुरुपयोग गरी आफ्नो चरित्रहत्या गरिएको भन्दै गायिका समीक्षा अधिकारीले प्रहरीमा उजुरी दिने भएकी छिन् । शनिबार फेसबुकमा पोस्ट गर्दै अधिकारीले आफू साइबर ब्युरो जान लागेको बताएकी हुन् ।
"एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडिओ बनाएर भाइरल गरिएको देखें," उनले लेखेकी छिन्, "यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरू (जसले भिडिओ बनाए) को वर्तमान र भविष्य उज्ज्वल हुने थियो । Heading Cyber_bureau."
पछिल्लो समय सामाजिक सञ्जालमा उनको नक्कली आईडी बनाएर भ्रामक पोस्ट राखिएको देखिन्छ । त्यही पोस्टमा प्रयोगकर्ताले गायिका अधिकारीलाई गाली गर्ने गरेको पाइएको छ । एआईको दुरुपयोग कसरी र कुन पोस्टमा गरियो भन्ने चाहिँ खुलेको छैन ।