काठमाडौं । सामान्यतया कडा परिश्रमलाई सफलता प्राप्तिको मार्ग मान्ने गरिन्छ । तर, भारत उत्तर प्रदेशका एक युवाले भने सफलताका लागि फरक बाटो अपनाएका छन् । अर्थात केहीले सफलताको सूचक मान्ने एप्पलको पछिल्लो आईफोन १६ प्रो म्याक्स उनले मागेरै किनेको दाबी गरेका छन् ।
सारिफ शेख नाम गरेका ती शारीरिक रूपमा अशक्त व्यक्तिले एउटा भिडिओ अन्तर्वार्तामा आफूले एप्पल स्टोरमा नगद एक लाख ७० हजार भारु (करिब दुई लाख ७२ हजार रुपैयाँ) तिरेर सो आईफोन किनेको बताएका छन् । अन्तर्वार्ता लिने व्यक्तिले पैसा कहाँबाट आयो भनेर सोध्दा उनले मागेर सङ्कलन गरेको बताएका छन् ।
भाइरल भइरहेको सो भिडिओमा उनी शारीरिक रूपमा अशक्त भएका निम्न वर्गीय व्यक्तिले प्रयोग गर्ने, बसेर खुट्टाले धकेलेर यात्रा गर्न मिल्ने काठको साधनमा बसेको देखिन्छन् । उनको हातमा सिल्भर ह्वाइट कलरको आईफोन देखिन्छ । अङ्ग्रेजीमा आफ्नो परिचय दिँदै भिडिओमा उनले उक्त फोन आईफोन १६ प्रो म्याक्स भएको बताएका छन् ।
यो घटनाले इन्टरनेटमा धेरैलाई अचम्मित र जिज्ञासु बनाएको छ । धेरै मानिस राम्रोसँग पढेर जागिर खाएर आफ्नो सपना पूरा गर्न चाहन्छन् । तर, यो असामान्य तरिकाले महत्त्वाकाङ्क्षापुरा गर्ने शेखको यो प्रयासले सामाजिक सञ्जालमा बहस नै सुरु गराएको छ ।
A video of a beggar carrying an iPhone 16 Pro Max in Ajmer, Rajasthan has surfaced on the internet.
भिडिओमा प्रतिक्रिया दिँदै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, “उत्तम व्यवसाय वा लगानी छैन, जागिर छैन, सुरक्षाको समस्या छैन, कडा परिश्रम छैन, तनाव छैन, आश्रित हुनु पर्दैन, आरामै आराम ।”
अर्का एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, “यहाँ भिखारीहरूले मध्यम वर्गले भन्दा राम्रो प्रगति गरिरहेका छन् ।” कसैले भनेका छन्, “उनीहरूलाई पैसाले नभई रोटीले सहयोग गर्ने वाचा गर्नुहोस् ।”
अर्का एक व्यक्तिले भनेका छन्, “मानिसहरू पैसा कमाउन दिनरात काम गरिरहेका छन्, जबकि यी व्यक्तिले मागेर आईफोन किने । एक भिखारीले एक लाख ७० हजार रुपैयाँको आइफोन किनेपछि भिडिओ भाइरल भएको छ ।”