काठमाडौं । चर्चित लोकगायिका सुनिता दुलालको नामबाट नक्कली टिकटक अकाउन्ट खोलेर पैसा माग्ने काम भएको छ । गायिका दुलालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त नक्कली अकाउन्टको बारेमा जानकारी दिँदै आफ्ना शुभचिन्तकलाई सचेत रहन आग्रह गरेकी छन् ।
उनले लेखेकी छिन्, “मेरो नाम प्रयोग गरी नक्कली टिकटक अकाउन्ट खोलि पैसा माग्ने काम भएकोले सबै शुभचिन्तकहरू होसियार रहनुहोला । कृपया सबैले उक्त नक्कली अकाउन्टमा गएर रिपोर्ट गर्न सहयोग गर्नुहोला ।”
sunita03m युजरनेम रहेको उक्त टिकटक अकाउन्टमा गायिका दुलालका विभिन्न तस्बिर तथा भिडिओ राखिएका छन् । पछिल्ला दुई दिनदेखि यस अकाउन्टबाट उनको तस्बिरहरू पोस्ट भइरहेको देख्न सकिन्छ ।
गायिका दुलालले यस्तो कार्यमा नफस्न सबैलाई आग्रह गर्दै नक्कली अकाउन्टविरुद्ध रिपोर्ट गर्न अनुरोध गरेकी छन् ।