काठमाडौं । गुगलले सबै जेमिनाई प्रयोगकर्ताका लागि नयाँ मोडेल २.० फ्लाश उपलब्ध गराएको छ । बिहीबार कम्पनीले एक ब्लग मार्फत सबै प्रयोगकर्ताका लागि नयाँ मोडेल उपलब्ध गराएको जानकारी दिएको हो ।
एआई क्षेत्रमा गुगलका लागि सबैभन्दा ठुलो प्रतिस्पर्धी ओपन एआईले सोचेर जवाफ दिन सक्ने ओथ्री र ओथ्री मिनी मोडेल सार्वजनिक गरे लगत्तै गुगलले यो मोडेल सार्वजनिक गरेको हो ।
यो मोडेल जेमिनाई एप र वेबसाइटमा उपलब्ध भइसकेको छ । यस मोडेलले एआईको समस्या समाधान गर्ने क्षमता बढाउँछ र कुनै पनि प्रश्नको जवाफ दिनुअघि त्यसलाई तार्किक रूपमा विश्लेषण गर्छ । यसले गर्दा जवाफ दिन केही समय लागे पनि नतिजा सही र भरपर्दो हुने गुगलको भनाइ छ ।
गुगलले ‘२.० फ्ल्याश थिङ्किङ विथ एप्स’ नामक एउटा परीक्षण संस्करण पनि ल्याएको छ । यसले युट्युब, सर्च र गुगल म्याप जस्ता गुगलका सेवाहरूसँग जोडिएर काम गर्छ । यसमार्फत् प्रयोगकर्तालाई दैनिक कामहरूमा मद्दत गर्ने गुगलको लक्ष्य छ ।
गुगलले जेमिनाई २.० प्रो एक्सपेरिमेन्टल पनि सार्वजनिक गरेको छ । यो मोडेल अहिलेको मोडेलभन्दा अझ बढी शक्तिशाली रहेको कम्पनीले जनाएको छ । यसले जटिल कोडिङ गर्ने, प्रश्नको विश्लेषण र अनेकौं शीर्षकका जानकारीलाई राम्रोसँग बुझेर काम गर्ने दाबी गरिएको छ । कम्पनीका अनुसार यस मोडेलले गुगल सर्च जस्ता टुलसँग मिलेर काम गर्न सक्छ र प्रयोगकर्ताको लागि कोड पनि लेख्न सक्छ ।
जेमिनाई २.० प्रोको मुख्य विशेषता भनेको यसको ठुलो ‘कन्टेक्स्ट विन्डो’ हो । यसले एकै पटकमा १५ लाख शब्दहरू प्रशोधन गर्न सक्ने जनाइएको छ । यसले गर्दा लामो र जटिल कामलाई पनि सजिलै गर्न सकिन्छ ।
जेमिनाई २.० प्रो अहिले जेमिनाई एप मार्फत जेमिनाई एड्भान्स्ड सेवाका प्रयोगकर्तालाई उपलब्ध छ । तर यो सेवा लिन शुल्क तिर्नुपर्ने