close

एआई पढ्न चाहने विद्यार्थीका लागि सनवे कलेजमा ‘आईईएलटीएस’ छात्रवृत्ति कार्यक्रम घोषणा

टेकपाना टेकपाना

फागुन ५, २०८१ १२:३६

एआई पढ्न चाहने विद्यार्थीका लागि सनवे कलेजमा ‘आईईएलटीएस’ छात्रवृत्ति कार्यक्रम घोषणा

 

काठमाडौं । सनवे कलेजले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ‘आईईएलटीएस’ छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । मैतीदेवीस्थित कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको साझेदारीमा चार वर्षे कम्प्युटर विज्ञानमा आर्टिफिसियल इन्टेलिजेन्सको पढाइ हुने जनाएको छ ।

विश्वव्यापीकरणको युगमा अङ्ग्रेजी भाषाको महत्त्वलाई मध्यनजर गर्दै सनवे कलेजले अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) छात्रवृत्ति प्रदान गर्ने भएको हो । यस छात्रवृत्तिको माध्यमबाट विद्यार्थीहरूलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गर्न प्रोत्साहन मिल्ने कलेजले विश्वास लिएको छ ।

छात्रवृत्तिमा आवेदन दिनका लागि आवेदकहरूले विगत दुई वर्षभित्र आईईएलटीएस परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । आईईएलटीएस स्कोरको आधारमा छात्रवृत्ति प्रदान गरिने भएकाले नतिजाको प्रमाण पनि उपलब्ध गराउनुपर्नेछ ।

सनवे कलेजले आईईएलटीएस स्कोरको आधारमा विभिन्न प्रतिशतमा छात्रवृत्ति प्रदान गर्नेछ । जसअनुसार ६ स्कोर ल्याउने विद्यार्थीहरूका लागि ३० प्रतिशत, ६.५ स्कोर ल्याउने विद्यार्थीहरूका लागि ४० प्रतिशत, ७ स्कोर ल्याउने विद्यार्थीहरूका लागि ५० प्रतिशत, ७.५ स्कोर ल्याउने विद्यार्थीहरूका लागि ६० प्रतिशत, ८ स्कोर ल्याउने विद्यार्थीहरूका लागि ७० प्रतिशत, ८.५ स्कोर ल्याउने विद्यार्थीहरूका लागि ८० प्रतिशत र ९ स्कोर ल्याउने विद्यार्थीहरूका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । यो छात्रवृत्ति कलेजको ट्युसन शुल्कमा लागु हुनेछ ।

सनवे कलेजले ४ वर्षे डिग्रीको क्रममा विद्यार्थीहरूलाई एक वर्ष प्लेसमेन्टको व्यवस्था गरेको छ । जसमा विद्यार्थीहरूले एक वर्ष प्लेसमेन्ट बापत १२० क्रेडिट प्राप्त गर्नेछन् । प्लेसमेन्टको लागि कलेजले नेपालमा आईटी र एआईमा काम गर्ने ५० भन्दा बढी कम्पनीहरूसँग सम्झौता गरेको छ । विद्यार्थीहरूको दक्षता र विचारहरूलाई इन्क्युबेट गर्ने तथा स्टार्टअप कोषको व्यवस्था पनि उपलब्ध गराएको छ । यसले स्वदेशमा पढ्ने मात्र नभई काम गर्ने अवसर पनि विद्यार्थीमाझ पुर्‍याउने कार्य गर्नेछ ।

कलेजभित्र एआई ल्याब, आईओटी ल्याब, इनोभेसन एण्ड इन्क्युबेशन सेन्टरको पनि उचित व्यवस्था रहेको प्रिन्सिपल खुशल रेग्मीले बताए ।

योग्यता आवश्यकता र आवेदन प्रक्रियासहित यो छात्रवृत्तिबारे थप जानकारी कलेजको वेबसाइटमा राखिएको छ । छात्रवृत्तिमा आवेदन दिने अन्तिम मिति २०२५ मार्च ७ सम्म रहेको छ ।

एआई पढ्न ‘आईईएलटीएस’ छात्रवृत्तिमा आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०८१ १२:३६