close

चाहेको जस्तै राम्रो जवाफ पाउन यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

टेकपाना टेकपाना

फागुन १२, २०८१ १०:२३

चाहेको जस्तै राम्रो जवाफ पाउन यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

काठमाडौं । च्याटजीपीटीमा साप्ताहिक सक्रिय प्रयोगकर्ता ४० करोड रहेको ओपनएआईले जनाएको छ । अर्थात् यति धेरै मानिसले हप्तामा कम्तीमा एक पल्ट यो एआई टुल प्रयोग गर्दै आएका छन् । 

च्याटबट सार्वजनिक गरिएको दुई वर्षमा च्याटजीपीटी प्रयोग गर्ने मानिसहरूको सङ्ख्या अझ ठुलो छ । यससँगै च्याटजीपीटी सर्च इन्जिन र सामाजिक सञ्जाल प्लेटफर्महरू जत्तिकै व्यापक रूपमा प्रयोग गरिने डिजिटल उपकरणहरू मध्ये एक बनेको छ ।

त्यसो त च्याटजीपीटी सार्वजनिक हुँदाकै बखतदेखि नै लोकप्रिय बनेको हो । नोभेम्बर २०२२ मा सार्वजनिक भएको यो च्याटबटको सुरुका पाँच दिनमै १० लाख प्रयोगकर्ता बनाएको थियो । यसका प्रयोगकर्ताहरूको दर तीव्र गतिमा वृद्धि भइरहेकै छ । गत डिसेम्बरमा हप्तामा च्याटजीपीटी प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या  ३० करोड पुगेको थियो । त्यसको दुई महिनामा यसको सङ्ख्या १० करोडले बढेर ४० करोड पुगेको ओपनएआईले बताएको हो । 

च्याटजीपीटी प्रयोग गर्ने धेरै भएपनि यसलाई राम्रोसँग प्रयोग गर्न जान्ने व्यक्ति भने कमै छन् । तपाईँ पनि च्याटजीपीटीको प्रयोग गरेर सतही कुराको मात्रै जानकारी लिई रहनु भएको हुनसक्छ । यदि तपाईँ च्याटजीपीटीलाई अझ राम्रोसँग प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ हामी तपाईँलाई केही उपायहरू बताउँदै छौँ । 

च्याटजीपीटीबाट उत्कृष्ट नतिजा प्राप्त गर्ने तरिका

तपाईँले च्याटजीपीटीलाई कसरी प्रश्न सोध्नु हुन्छ भन्ने कुराले तपाईँले पाउने उत्तरमा ठुलो प्रभाव पार्छ । यदि तपाईँ "Give me information about the French Revolution" (मलाई फ्रान्सेली क्रान्ति बारे जानकारी देउ) भन्नु हुन्छ भने उत्तरमा तपाईँले इतिहाससँग सम्बन्धित राम्रो जानकारी पाउन सक्नु हुन्छ । 

तर, यदि तपाईँलाई सामान्य सारांशभन्दा बढी जानकारी चाहिएको छ भने तपाईँ प्रश्न राख्ने समयमा विशिष्ट रूपमा प्रस्तुत हुनुपर्छ । त्यसका लागि “How Did the French Revolution Influence Modern Democracy ? Write in a Political Thriller Style” (फ्रान्सेली क्रान्तिले आधुनिक लोकतन्त्रमा कसरी प्रभाव पार्‍यो ? राजनीतिक थ्रिलर शैलीमा लेख) भनेर प्रम्प्ट राख्नुहोस् ।

यस्तै, तपाईँले “Briefly explain the causes of the French Revolution from the perspective of Marie Antoinette's hairdresser" (फ्रान्सेली क्रान्तिका कारणहरूलाई मेरी एन्टोइनेटका कपाल सजाउने व्यक्तिको दृष्टिकोणबाट सङ्क्षेपमा व्याख्या गर) भनेर पनि सोध्न सक्नुहुन्छ । यसले फ्रान्सको क्रान्तिको बारेमा जानकारी माग्दै सोधिएको प्रश्न भन्दा गहिराइमा गएर तपाईँलाई जवाफ दिनेछ । 

यदि तपाईँ नयाँ जागिरका लागि आवेदन दिँदै हुनुहुन्छ र सीभी बनाउन चाहनुहुन्छ भने "Can you help me create my resume?" (के तिमी मेरो रेजुमे बनाउन मद्दत गर्न सक्छौ ?) भनेर सोध्नु भन्दा अलि धेरै जानकारी उपलब्ध गराएर सोध्न सक्नुहुन्छ । 

“I am applying for a Marketing Manager position at a sustainability-focused company. Can you write an excellent resume summary that highlights my experience in digital campaigns and environmental advocacy?” (म एक दिगोपनमा केन्द्रित कम्पनीमा मार्केटिङ म्यानेजरको पदमा आवेदन दिँदैछु । मेरो डिजिटल क्याम्पेन र वातावरणीय पैरवीमा भएको अनुभवलाई हाइलाइट गर्ने उत्कृष्ट रेजुमे सारांश लेख्न सक्छौ ?” भनेर प्रश्न गर्न सक्नुहुन्छ । ​

 

च्याटजीपीटीलाई भूमिका दिनुहोस्ः

च्याटजीपीटीका लागि सबैभन्दा राम्रो ट्रिक भनेको यसलाई कुनै भूमिका दिनु हो । यदि तपाईँ कानुनी सुझावहरू खोज्दै हुनुहुन्छ भने च्याटजीपीटीलाई सोध्नुहोस्, “You are an expert in intellectual property law. Explain how trademarks work in the fashion industry” (तिमी बौद्धिक सम्पत्ति कानुनको विशेषज्ञ हौ । फेसन उद्योगमा ट्रेडमार्क कसरी काम गर्छ भनेर बुझाइ देउ) ।

यदि तपाईँ कुनै कन्टेन्ट लेख्दै हुनुहुन्छ र प्रेरणा खोजी रहनु भएको छ भने च्याटजीपीटीलाई सोध्नुहोस्, “You are an experienced screenwriter. Help me create an outline for a science-fiction movie that involves predictions related to time travel” (तिमी अनुभवी स्क्रिनराइटर हौ । टाइम ट्राभल सम्बन्धी पूर्वानुमानहरू समेटिएको साइन्स-फिक्सन चलचित्रको रूपरेखा बनाउन सहयोग गर) ।

जब तपाईँ च्याटजीपीटीलाई कुनै भूमिका दिनुहुन्छ, यसले त्यसैअनुसार सोच्ने प्रयास गर्छ । र, सान्दर्भिक र प्रभावशाली उत्तरहरू दिन सक्छ । यसले एउटा साधारण व्यक्तिसँग सामान्य सल्लाह लिने वा वास्तविक विशेषज्ञसँग छलफल गर्ने भन्ने अनुभव बिचको अन्तर जस्तै महसुस गराउँछ । 

 

पछिल्लो अध्यावधिक: फागुन १२, २०८१ १०:२३