काठमाडौं । बिहीबार ओपनएआईले हालसम्मकै सबैभन्दा ठुलो र शक्तिशाली एआई मोडेल जीपीटी-४.५ सार्वजनिक गर्यो । कम्पनीका सीईओ साम अल्टम्यानले एक्समा एउटा पोस्ट गर्दै यसलाई "एक वैचारिक व्यक्तिसँग कुरा गरिरहेको जस्तो लाग्ने पहिलो मोडेल" भनेर बयान गरेका छन् ।
अल्टम्यानले आफ्नो पोस्टमा यो मोडेल ‘विशाल’ र 'महँगो' भएको पनि बताएका छन् । ओपनएआईले यसलाई एकै समयमा प्लस र प्रोमा सार्वजनिक गर्न चाहेको थियो । तर जीपीयूको अभावले गर्दा त्यसो हुन नसकेको बताइएको छ ।
अल्टम्यानले अगाडि भनेका छन्, "हामी अर्को हप्ता दसौँ हजार जीपीयू थप्नेछौँ र यसपछि यसलाई प्लस टियरमा रोलआउट गर्नेछौँ ।"
बिहीबार, कम्पनीले च्याटजीपीटी प्रोको लागि २०० अमेरिकी डलर तिर्ने प्रयोगकर्ता र एपीआईमा डेभलपरहरूका लागि जीपीटी-४.५ को रिसर्च प्रिभ्यु जारी गरेको हो । अर्को हप्ता, ओपनएआईले यसलाई च्याटजीपीटी प्लस, टिम र ईडीयू प्रयोगकर्ताहरूका लागि ल्याउने बताएको छ ।
बिहीबार जीपीटी-४.५ को क्षमता प्रदर्शन गर्न आयोजित लाइभस्ट्रिममा ओपनएआईका प्राविधिक कर्मचारी अमेलिया ग्लेजले जीपीटी-४.५ ओपनएआईको अनसुपरभाइज्ड लर्निङ प्याराडाइमको नवीनतम प्रगति भएको बताए । जुन ‘शब्द ज्ञान, अन्तर्ज्ञान, र मतिभ्रम कम गर्ने’ मोडेलको विस्तारमा केन्द्रित छ ।
यसको ओवन (o1) सिरिजको रिजनिङ (तर्क गर्नसक्ने) मोडेल (जुन गत वर्ष जारी गरिएको थियो) प्रतिक्रिया दिनु अघि सोच्न सक्ने गरी डिजाइन गरिएको छ । जुन मात्रात्मक कार्यहरूका लागि बढी उपयोगी छ ।
प्राकृतिक तवरमा कुराकानी गर्ने र भावनात्मक रूपमा चलाखी रूपमा प्रस्तुत हुने मामिलामा जीपीटी-४.५ ओपनएआईका बाँकी सबै मोडेलहरूभन्दा अघि छ । यसको फराकिलो ज्ञान आधार र बलियो प्रासङ्गिक बुझाईले गर्दा ओपनएआईको स्टिम-केन्द्रित रिजनिङ मोडेल ओवनभन्दा सामाजिक सङ्केतहरूमा यसले अधिक कुशलतापूर्वक प्रतिक्रिया दिन सक्छ ।
GPT-4.5 is ready!
good news: it is the first model that feels like talking to a thoughtful person to me. i have had several moments where i've sat back in my chair and been astonished at getting actually good advice from an AI.
जीपीटी-४.५ ले रिसाएको जस्तो भाषामा लेखिएको सामग्रीलाई ओ वन भन्दा निकै कुशलतापूर्वक प्रस्तुत गरी दिन्छ । जीपीटी-४.५ लाई ‘राम्रो सहयोगी’ बन्नको लागि तयार पारिएको छ । त्यसैले यससँगको कुराकानी ‘न्यानो, अधिक सहज र भावनात्मक रूपमा सूक्ष्म’ महसुस हुने बताइएको छ ।
ओपन एआईका अनुसार यो मोडेलको ‘ज्ञान आधार, प्रयोगकर्ताको उद्देश्यसँग बलियो तालमेल र सुधारिएको भावनात्मक बौद्धिक क्षमताले यसलाई लेखन, प्रोग्रामिङ र व्यावहारिक समस्या समाधान गर्ने जस्ता कार्यहरूको लागि उपयुक्त बनाउँछ’ ।