काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी इन्फिनिक्सले ट्रिपल-फोल्ड कन्सेप्ट स्मार्टफोन सार्वजनिक गरेको छ । विभिन्न डिभाइसहरूले दिने सुविधा एउटै स्मार्टफोनबाट दिनसक्ने गरी कम्पनीले जेरो सिरिज मिनी ट्राई-फोल्ड स्मार्टफोन प्रस्तुत गरेको हो ।
पछाडि डुअल-क्यामेरा सेटअप र अगाडि सेल्फीका लागि पन्च-होल क्यामेरा राखिएको छ । यो स्मार्टफोन अड्याउनका लागि विशेष किसिमको स्ट्राप समेत उपलब्ध गराइएछ । जसले जिमका उपकरण, साइकलको ह्यान्डलबार र कारको ड्याशबोर्ड जस्ता स्थानमा अड्याउन सजिलो बनाउँछ ।त्यस्तै यो स्मार्टफोनलाई ब्यागको स्ट्रापमा पनि राख्न सकिन्छ ।
यो फोनमा फोल्ड गर्दा डुअल-स्क्रिनको अनुभव हुन्छ, जसले गर्दा दुवै प्रयोगकर्ताका लागि अनुवादित सामग्री साइड-बाई-साइड देखाएर रियल-टाइम बहुभाषिक कुराकानी गर्न सकिन्छ । यसको पछाडि भागमा डुअल-क्यामेरा सेटअप र सेल्फी खिच्नको लागि भित्री भागमा पन्च-होल क्यामेरा रहेको छ ।
इन्फिनिक्सले यो फोनमा कस्ता कस्ता फिचर उपलब्ध रहेका छन् भनेर विस्तृत विवरण भने खुलाएको छैन । यही मार्च ३ देखि ६ गतेसम्म बार्सिलोनामा चल्ने मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) २०२५ मा यस फोनको बारेमा विस्तृत जानकारी दिने आँकल गरिएको छ ।
यसअघि नोभेम्बर २०२४ मा इन्फिनिक्सले पहिलो फोल्डेबल फोन इन्फिनिक्स जेरो फ्लिप सार्वजनिक गरेको थियो । यस्तै पछिल्लो समयमा एन्ड्रोइड स्मार्टफोन निर्माता कम्पनीहरूले फोल्डेबल फोन ल्याउने क्रम पनि बढिरहेको छ ।
सामसङ र ह्वावे लगायतका कम्पनीहरूले फोल्डेबल फोन ल्याइरहेका छन् । यस्तै ट्राई फोल्ड फोन भने हालसम्म चिनियाँ कम्पनी ह्वावेले मात्र बजारमा ल्याएको छ ।
गत वर्षको सेप्टेम्बरदेखि चीनमा मात्र उपलब्ध गराइएको उक्त फोनलाई १८ फेब्रुअरीमा मलेसियाको क्वालालम्पुरमा सार्वजनिक गर्दै युरोपका देशहरूमा पनि बिक्री सुरु गरिएको छ ।