काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी हाई-टेक विक सम्पन्न गरेको छ । चीन बाहिर पहिलो पटक आयोजना भएको यस कार्यक्रममा नयाँ ऊर्जा सवारी (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रविधि प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा सबै उमेर समूहका मानिसहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । सहभागीले दिगो भविष्यको मोबिलिटीलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाएका थिए ।
बीवाईडी हाई-टेक विककै अवसरमा नेपालका एक ग्राहकलाई कम्पनीको १० लाख १० हजारौं बीवाईडी एटो ३ डेलिभरी गरिएको थियो । यस अवसरमा साइमेक्स इंकले बीवाईडीका विद्युतीय गाडी किन्ने ग्राहकलाई १० वर्ष वा दुई लाख किलोमिटरसम्मको वारेन्टी दिने घोषणा गरेको छ । कम्पनीका अनुसार यो अफर ९ मार्चसम्म जारी रहनेछ ।
हाई-टेक विकमा अवलोकनकर्ताले बीवाईडीका सवारी साधनमा भएका विभिन्न प्रविधिको अनुभव गर्ने मौका पाए । ब्लेड ब्याट्री नेल पेनिट्रेसन टेस्ट, ई-प्लेटफर्म ३.०, कम्पास टर्न, ट्याङ्क टर्न, अटोमेटिक पार्किङ जस्ता विशेषताले अवलोकनकर्तालाई आकर्षित गरेको थियो ।
कार्यक्रमको समापनमा बोल्दै साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, “चीन बाहिर पहिलो पटक आयोजना गरिएको बीवाईडी हाई-टेक विक अभूतपूर्व रूपमा सफल भएको छ । हामी विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिँदै नेपालको भूमिकालाई थप सशक्त बनाउन प्रतिबद्ध छौं ।”
साइमेक्स इंकले नवीनतम प्रविधि र स्तरीय ग्राहक सेवा प्रदान गर्दै नेपालमा विद्युतीय सवारी साधन भित्र्याउने कार्यलाई निरन्तरता दिने बताएको छ ।