close

चितवन पुग्यो फोटोन ईभी, व्यावसायिक ट्रक तथा भ्यान एकै ठाउँमा

टेकपाना टेकपाना

फागुन २०, २०८१ १३:३२

चितवन पुग्यो फोटोन ईभी, व्यावसायिक ट्रक तथा भ्यान एकै ठाउँमा

 

काठमाडौं । चितवनमा विद्युतीय सवारी फोटोनको नयाँ शोरुम सञ्चालनमा आएको छ । फोटोनका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा नयाँ र विश्वस्तरीय फोटोन शोरुम सञ्चालनमा ल्याएको हो ।

यस शोरुममा फोटोनका उच्चस्तरीय व्यावसायिक ट्रक तथा भ्यानहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । चितवन र आसपासका क्षेत्रका ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको शोरुम सञ्चालनको अवसरमा कम्पनीले फोटोन माउन्टेन ईभी भ्यान औपचारिक रूपमा सार्वजनिक भएको समेत घोषणा गरेको छ ।

आरामदायी हेडस्पेस सहित आएको यो भ्यानमा १४ देखि १६ जना यात्रु बस्न मिल्ने कम्पनीले जनाएको छ । यो भ्यानले एक पटक चार्जमा २३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दावी कम्पनीको छ ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८१ १३:३२