close

अब सबै भुक्तानी प्रणाली सञ्चालकहरू पब्लिक लिमिटेड कम्पनी बन्नैपर्ने

टेकपाना टेकपाना

फागुन २२, २०८१ १८:४१

अब सबै भुक्तानी प्रणाली सञ्चालकहरू पब्लिक लिमिटेड कम्पनी बन्नैपर्ने

काठमाडौं । अब भुक्तानी प्रणाली सञ्चालक संस्थाहरू अनिवार्य रूपमा पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ निर्देशन अनुसार हाल भुक्तानी प्रणाली सञ्चालन गरिरहेका अनुमतिप्राप्त संस्थाहरूले २०८५ असार मसान्तभित्र पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरण भइसक्नुपर्नेछ । निर्देशन लागू हुनुअघि निजी कम्पनीका रूपमा सञ्चालन भइरहेका भुक्तानी प्रणाली सञ्चालकहरूले निश्चित समयसीमाभित्र आवश्यक प्रक्रियाहरू पूरा गर्नुपर्ने  राष्ट्र बैंकले उल्लेख गरेको छ । ​​

“भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्य रूपमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हुनुपर्ने छ । यो निर्देशन जारी हुनु अघि भुक्तानी प्रणाली सञ्चालकको रूपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था २०८५ असार मसान्तभित्र पब्लिक लिमिटेड कम्पनीको रूपमा परिणत भइसक्नुपर्ने छ,”  संशोधित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा भनिएको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन २२, २०८१ १८:५०