close

दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी

टेकपाना टेकपाना

चैत १५, २०८१ १४:४५

दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति दिएको भन्दै प्रसाईं विरुद्ध शुक्रबार उजुरी दर्ता भएको हो । 

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले ‘मायाको पहिचान नेपाल’ नामको संस्थाले निवेदन दर्ता गरेको जानकारी दिए ।

“लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरेर गलत सूचना तथा घृणास्पद अभिव्यक्ति दिएको भन्दै निवेदन दर्ता भएको छ,” अवस्थीले भने, “निवेदन आजै दर्ता भएको हो । हामी यस विषयमा अनुसन्धान अगाडि बढाउँछौं ।”

पछिल्लो अध्यावधिक: चैत १५, २०८१ १४:५१