काठमाडौँ । मेटाले आफ्ना सामाजिक सञ्जाल फेसबुक एउटा नयाँ फ्रेन्ड्स ट्याब थप गरेको छ । कम्पनीका अनुसार यो ट्याब प्रयोगकर्ताका साथीहरूको स्टोरी, रिल्स, पोस्ट, जन्मदिन र अन्य चीजहरू हेर्नको लागि सबैभन्दा राम्रो ठाउँ हुनेछ ।
यसको मतलब यी सबै चीजहरू हेर्नको लागि तपाईँले विभिन्न ट्याबहरूमा नेभिगेट गर्नुपर्ने छैन । अब तपाईँ सजिलैसँग एकै ट्याबमा धेरै कुराहरू हेर्न सक्नु हुनेछ ।
यो इन्स्टाग्रामको फिचर जस्तै 'फ्रेन्ड्स' ट्याब हो । फेसबुकको मेन फिडमा जहाँ फलो गरिएका पेजका पोस्टहरू र अन्य एल्गोरिदमले सुझाउने कन्टेन्ट देखिन्छन् । जब कि यो नयाँ 'फ्रेन्ड्स' ट्याबमा केवल तपाईँका साथीहरूको सूचीमा रहेका मानिसहरूका पोस्टहरू मात्र हुनेछन् र सिफारिस गरिएका कन्टेन्टहरूलाई फिल्टर गरिनेछ ।
यो इन्स्टाग्रामको 'फलोइङ' र 'क्लोज फ्रेन्ड्स' फिड जस्तै देखिन्छ । जसले केवल तपाईँले फलो गरिरहनु भएका पेजहरू वा तपाईँको क्लोज फ्रेन्ड्स सूचीमा थपिएका साथीहरूका पोस्ट, रिल र स्टोरीहरू देखाउँछ ।
यो नयाँ ट्याब अहिले क्यानडा र अमेरिकामा मात्र उपलब्ध छ । पहिले फ्रेन्ड्स ट्याब फ्रेन्ड रिक्वेस्ट र ‘पिपुल यु मे नो’ हेर्नको लागि काम आउँथ्यो । मेटाका अनुसार यो परिवर्तन फेसबुकको नयाँ अभियानको हिस्सा हो, जसको उद्देश्य वर्षभरि धेरै 'ओजी' अनुभवहरूलाई फिर्ता ल्याउनु हो । यद्यपि कम्पनीले चाँडै नै फ्रेन्ड्स ट्याबलाई केही समयपछि अन्य क्षेत्रहरूमा पनि रोल आउट गर्ने बताइएको छ । तर मेटाले यो कहिलेसम्म सबै ठाउँमा रोल आउट हुन्छ भन्ने बारेमा कुनै समयसीमा शेयर गरेको छैन ।
यद्यपि तपाईँ अहिले पनि आफ्ना साथीहरूको मात्र फिड हेर्न चाहनु हुन्छ भने त्यसका लागि केही कस्टमाइज गर्न सक्नु हुन्छ । यसका लागि सबैभन्दा पहिला मोबाइल एपबाट माथि दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल आइकनमा जानुहोस् र सेटिङ एन्ड प्राइभेसी भित्र प्रवेश गर्नुहोस् ।
अब त्यहाँ रहेको सेटिङ्समा थिचेर केही तल रहेको प्रिफरेन्सेस अन्तर्गतको ट्याब बारलाई छान्नुहोस् । माथि रहेको कस्टमाइज द बार अप्सनमा दबाउनु होस् अनि अभाइलेबल ट्याब अन्तर्गत फ्रेन्ड्सको पछिल्तिर रहेको टोगलमा थिचेर पिनको अप्सन छान्नुहोस् ।
यति गरिसकेपछ अब तपाईँले फेसबुकको मेन फिडबाट पुनः आफ्नो प्रोफाइल आइकनमा ट्याप गरिसकेपछि फिड्सभित्र रहेको फ्रेन्ड्स ट्याबमा एक्सेस बनाउन सक्नु हुन्छ । जहाँ तपाईँको फ्रेन्ड्स लिस्टमा भएका व्यक्तिहरूका पोस्ट मात्र देखिनेछन् ।