close

जुनसुकै ब्रान्डका पुराना गाडी दिएर किया ईभी६ र ईभी९ लिन सकिने कार्निभलको आज अन्तिम दिन

टेकपाना टेकपाना

चैत २४, २०८१ ११:२

जुनसुकै ब्रान्डका पुराना गाडी दिएर किया ईभी६ र ईभी९ लिन सकिने कार्निभलको आज अन्तिम दिन

काठमाडौँ । पुराना गाडी दिएर कियाको नयाँ ईभीसँग एक्स्चेन्ज गर्न सकिने गरी आयोजित किया एक्स्चेन्ज कार्निभल आज अन्तिम दिनमा चल्दैछ । काठमाडौँको गैरिधारास्थित सिल्भर ओक ब्याङ्क्वेटमा शुक्रबारदेखि सुरु एक्स्चेन्ज कार्निभल आइतबार सम्पन्न हुने भएको हो । 

कार्निभलले सवारी साधनका पारखीलाई कियाका नयाँ विद्युतीय तथा भरपर्दा आईसीई गाडीमा अपग्रेड हुने अवसर प्रदान गरिरहेको छ ।  नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो कार्यक्रम आयोजना गरेको हो ।

कार्निभलको अवसरमा जुनसुकै ब्रान्डका पुराना गाडी आकर्षक मूल्यमा बिक्री गरी कियाका नयाँ गाडी लिन सकिने कम्पनीले जनाएको छ । कार्निभलमा कियाका गाडीहरूको टेस्ट ड्राइभमा सहभागीका हुनेहरूलाई कम्पनीले विशेष उपहारको व्यवस्था पनि गरेको छ । कार्निभलमा एक्स्चेन्ज बोनसबापत ६ लाख रुपैयाँसम्म र नगद भुक्तानी गरेर गाडी किन्दा ६ लाख रुपैयाँसम्म छुट पाइनेछ । 

त्यसैगरी गाडी खरिदकर्तालाई सहज तरिकाले बैँक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको उल्लेख छ । गाडीमा एक वर्षसम्मको सडक कर र एक वर्षको पूर्ण बीमा कम्पनी आफैँले बेहोर्ने नीति लिएको छ । कार्निभलमा ग्राहकले एक्स्चेन्ज गर्ने सवारी साधनको आकर्षक मूल्याङ्कन पाउने र एक्स्चेन्ज बोनसको समेत लाभ उठाउन सकिनेछ ।

कियाका सवारीसाधनहरू ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् । कियाका इन्धनबाट चल्ने र विद्युतीय गरी दुवै प्रकारका सवारी साधनहरूले विश्वबजारमा ख्याति कमाएका छन् । कियाले कार्निभलमा सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्सको ग्राभिटी एडिसन (२०२५), तथा ईभी सिक्स र ईभी नाइन प्रस्तुत गरेको छ । 

 

पछिल्लो अध्यावधिक: चैत २४, २०८१ ११:२