close

सामसङको अफरः टिभी किन्दा वर्ल्डलिंकको आईपीटीभी र इन्टरनेट १ वर्षसम्म निःशुल्क, केके छन्, अरू?

टेकपाना टेकपाना

चैत २७, २०८१ १०:३८

सामसङको अफरः टिभी किन्दा वर्ल्डलिंकको आईपीटीभी र इन्टरनेट १ वर्षसम्म निःशुल्क, केके छन्, अरू?

काठमाडौँ  ।  नयाँ वर्ष २०८२ को अवसरमा सामसङ नेपालले “नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार” नामक अफर ल्याएको छ । कम्पनीले आफ्ना स्मार्ट टिभी, रेफ्रिजेरेटर, वाशिङ मसिन, एयर कन्डिसनर तथा माइक्रोवेभ लगायत अप्लायन्समा विशेष छुट सहितको यो अफर सार्वजनिक गरेको हो । 

अफरमा उपहार र सजिलो ईएमआई सुविधा समेत समावेश छ । यसबाट ग्राहकको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउने कम्पनीको विश्वास छ ।

स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिन्छ । यसको सहयोगमा घरका टिभी, रेफ्रिजरेटर तथा वाशिङ मेसिनजस्ता अप्लायन्स सबै एक अर्कासँग कनेक्टेड रहन्छन् । जसले प्रयोगकर्ताको जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्नेछ । 

यस अफरमा सामसङको टिभी लाइन–अप पनि समावेश छ । ५५ इन्च वा सोभन्दा माथिका टिभीहरूको खरिदमा १२ महिनासम्म वर्ल्डलिंक इन्टरनेट र नेट टिभी सेवा पनि निःशुल्क पाइनेछ । साथै, पुराना अप्लायन्स एक्स्चेन्ज गरेर ५५ इन्च UA65DU7700RSHE, ६५ इन्च UA85BU8000RXHE, ८५ इन्च UA85BU8000RXHE वा ८५ इन्च UA85CU8000RSHE मोडेलका यूएचडी टिभी  खरिद गर्दा ८,००० सम्म एक्स्चेन्ज बोनस पनि उपलब्ध हुने बताइएको छ । यी सबै टिभीमा ३ वर्षको वारेन्टी समेत रहेकोले दीर्घकालीन निश्चिन्तता सुनिश्चित पनि प्राप्त हुनेछ । 

त्यसै गरी, सामसङको नवीनतम बिस्पोक एआई रेफ्रिजेरेटर र वाशिङ मसिन पनि यस अफरमा समावेश छन् । ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मसिनको साथमा ६ केजीको सर्फ एक्सेल म्याटिक निःशुल्क पाइनेछ । साथै, रेफ्रिजेरेटरको डीआईटी कम्प्रेसर र वाशिङ मसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको छ । 

यसैगरी हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकले ०% ब्याजदरमा १२ महिनासम्म, र टिभीका लागि १८ महिनासम्म तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथमा सजिलै खरिद गर्न सक्नेछन् ।  निःशुल्क होम इन्स्टलेसन सेवा उपलब्ध छ र सामसङको एक्स्चेन्ज पार्टनर अर्कोस्टोर बाट पुराना उपकरण एक्स्चेन्ज गर्दा सामसङका निश्चित अप्लायन्समा ८,००० रुपैयाँ सम्मको एक्स्चेन्ज बोनस समेत पाउन सकिनेछ । 

सामसङका होम अप्लायन्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडको डिलर नेटवर्क नेपालभर फैलिएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २७, २०८१ ११:५